राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बोहोरा

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ बागलुङको अध्यक्षमा बुद्ध बोहोरा चयन हुनुभएको छ ।

युवा संघ नेपाल बागलुङको १३ औं जिल्ला अधिवेशनबाट बुद्ध बोहराको नेतृतवमा ४१ सदस्यीय जिल्ला राष्ट्रिय युवा संघ बागलुङ जिल्ला कमिटि गठन भएको छ ।

राष्ट्रिय युवा संघ बागलुङको उपाध्यक्षमा उदय हमाल, सचिबमा शिवराज कंडेल, उप–सचिवमा मिलन न्युरे र दिपेश गौतम र कोषाध्यक्षमा अशिम रोका चयन हुनुभएको छ ।

संघको सदस्यमा रेशमबहादुर क्षेत्री, राजन कार्की, सन्दिप खड्का, भुपेन्द्र बगाले मगर, नविन थापा, काशिराम सापकोटा, सोमबहादुर भण्डारी, कपिल पुन, किरण घर्ती मगर, डनबहादुर विक सुनार, युवराज पाण्डे, जालदेवी रसाइली, अञ्जु कुमाल, लालु प्रसाद गैरे, लालचन्द्र घर्ति, प्रकाश सुनार चयन हुनुभएको छ । त्यसैगरी सचिवालय सदस्यमा दिपक पुन, खिम रोका मगर, अजय शिवाकोटी, सन्तोष रेग्मी चयन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *