रमापति लक्ष्मिनारायण निजी गुठीको अध्यक्षमा सुदर्शन पन्त

आदर्श अनलाइन, बागलुङ

रमापति लक्ष्मिनारायण निजी गुठी बागलुङको साधारण सभा तथा अभिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले तीन वर्षीय कार्यकालको लागि सुदर्शन पन्तको अध्यक्षतामा १५ सदस्यीय रमापति लक्ष्मिनारायण गुठी संरक्षण समिति सर्वसम्मन रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश पन्त, सचिव प्रदिप पन्त, कोषाध्यक्ष दिलिप पन्त र सहसचिव कमल पन्त रहनुभएको छ ।

सदस्यमा लेखराज पन्त, प्रताप पन्त, शभ्भु पन्त, मोहनराज पन्त, रामु पन्त र दिनेश पन्त सर्वसम्मन रुपमा निर्वाचिन हुनुभएको छ ।

समितिको अन्य ४ सदस्य पदमा महिला सहित नयाँ कार्य समितिको बैठकले मनोनयन गर्ने भएको छ । बागलुङ नगरपालिका वडा न .१४ मा रहेको मोदीवेनी कालिगण्डकी र मोदीखोला संगमनस्थल साके १६३७ सालमा मन्दिर निमार्ण भएको छ ।

७३ रोपनी क्षेत्रफल भित्र रहेको मन्दिर ऐतिहासिक महत्वपुर्ण रहेकोले गुरु योजना सहित धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने गरि काम थालिएको रमापति लक्ष्मिनारायण निजी गुठी संरक्षण समितिका सचिव प्रदिप पन्तले बताउनुभयो ।

‘अहिले मन्दिरको छाना छाउने, सत्तल निमार्ण, टायल बिछयाउने लगाएका मर्मत संभारका कार्यहरु गरिएको छ,’ सचिव पन्तले भन्नुभयो, ‘यसलाई धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने गरि अन्य काम हुने छ ।’ बसुपन्तहरुको गौरवशाली इतिहास रहेको रमापति लक्ष्मिनारायण निजी गुठीको संरक्षणको लागि सबैसंग सहकार्य गरि अगाडि बढने नव निर्वाचिन अध्यक्ष सुदर्शन पन्तले बताउनुभयो ।

साधारण सभा तथा अधिशेनको उदघाटन कार्यक्रम रमापति लक्ष्मिनारायण निजी गुठी संरक्षण समितिका अध्यक्ष चित्रराज पन्तको अध्यक्षता र सचिव प्रदिप पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *