क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई कार्यकक्षमै थुनियो


आदर्श अनलाइन, बागलुङ

धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विवाद चुलिएको छ । निर्वाचनकालागि दर्ता भएको एक विद्यार्थी समूहले क्याम्पस प्रमुख सहितका टोलीलाइ सोमबार साँझ कार्यकक्षमा थुनेका छन् ।

तोकिएको मनोनयन तालिकामा प्रकृया नथालेको भन्दै क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तीराम न्यौपानेसहितको समूहलाई कार्यकक्षमै विद्यार्थी समूहले थुनेको हो ।

सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले आफूसहित निर्वाचन अधिकृत र व्यवस्थापन समितिको अध्यक्ष सहितका व्यक्तिलाई छलफल चलिरहेको समयमा बाहिरबाट ताला लगाइएको क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले मार्फत बताउनुभयो । उहाँले विद्यार्थीको मागका विषयमा छलफल भइरहेको बताउँदै आफूहरुलाई कर्यकक्षमा थुनेर समस्या समाधान नहुने बताउनुभयो ।

क्याम्पस प्रमुखको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा पनि थुनिएका छन् । थुनिनेमा निर्वाचन समितिका पदाधिकारी पनि रहेको बताइएको छ । शुक्रवार मनोनयन पत्र वितरण र शनिवार मनोनयन दर्ता गर्नुपर्नेमा अझैसम्म निर्वाचन समितिले म्याद थपेर काम नगरेको आरोप विद्यार्थी संगठनको छ । सोही बिषयमा छलफल चलिरहेको बेला बिद्यार्थीले कक्षमा ताला लगाएका थिए ।

केही दिन अघि अखिल क्रान्तिकारी सहितका केही विद्यार्थी संगठनले सबै मतदाताको एकैप्रकारको परिचयपत्र बनाउनु पर्ने, फर्जी बिद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए । सोमबार दिउसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय बढाइएकोमा कुनै निर्णय नदिएपछि उनीहरुले ताला लगाएका थिए । सोमबार बेलुकी ७ बजे सम्म प्रमुख उपाध्याय र निर्वाचन अधिकृत न्यौपाने थुनामै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *