सहकारीको नारा : ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी महासंघले ६६औं राष्ट्रिय सहकारी दिवसको थिम (नारा) तय गरेको छ ।

महासंघले यस वर्षको लागि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ नारा तय गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थियो ।

महासंघले सूचना जारी गर्दै थिम प्रस्तावको आव्हान गरेको थियो । सञ्चालक समितिको बैठकमा छलफल गरी यस वर्षको थिम तय गरिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिनुभयो ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम महासंघले गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *