आजदेखि म्याग्दी कप

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनीमा आजदेखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

म्याग्दी कप–२०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा हुने लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको बेनीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएका छन् । म्याग्दी कप –२०७९ व्यवस्थापन समितिका संयोजक बिक्रम सुवेदीले म्याग्दी जिल्ला भित्रका ८ सहित १० क्लबको सहभागिता रहने फुटबल प्रतियोगितामा पाँचपाँच क्लबलाई दुई समूह बनाएर प्रतियोगिता स्रञ्चालन गर्ने बताउनुभयो । दुवै समूहका प्रत्येक क्लबले चारचार खेल खेले पछि शिर्ष दुई क्लब बीचमा सेमीफाइनल हुनेछ । सेमीफाइनलका बिजेताहरु बिच हुने फाइनल बिजेता टोलीले नगद एक लाख १५ हजार र दोश्रो हुनेले ७० हजार रुपियाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको तयारी पुरा भएको र चैत १ गते बुधबार बिहान प्रभात फेरी संगै प्रतियोगिताको उद्घाटन हुने र उद्घाटन खेल दिउँसो १२ बजे बाट शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगिा सञ्चालनका लागि जिल्ला खेलकुद विकास समितिले उचित सहयोग गर्ने अध्यक्ष दिनेश खत्रीले बताउनुभयो । जिल्ला भित्रैका क्लबहरु बीचमा हुने फुटबलले खेल पर्यटनलाई पनि टेवा पुग्ने र खेलाडी पहिचानका लागि महत्वपूर्ण हुने अपेक्षा लिन सकिने उहाँको भनाई थियो ।

सात लाख रुपियाँ लागत अनुमान गरिएको प्रतियोगिता नाइन ‘ए’साइड हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । म्याग्दी जिल्लाबाट विगतमा फुटबल खेलेर सक्रिय खेलजिवनबाट बिश्राम लिएका खेलाडीहरुको सक्रियतामा जिल्लामा अखिल नेपाल फुटबल संघ(एन्फा)को शाखा ल्याउने हेतुले यो प्रतियोेगिताको परिकल्पना गरिएको विश्वकर्माले बताउनुभयो ।

फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकीले प्रतियोगितामा सहभागि प्रत्येक क्लबबाट १४ जना खेलाडी दर्ता गर्नु पर्ने र त्यसमा तीन जना मात्रै जिल्ला बाहिरका खेलाडी राख्न पाइने बताउनुभयो । प्रतियोगिता पछि म्याग्दी जिल्लाको फुटबल टिम छनौटका लागि पनि कोशेढुङ्गा बन्ने उहाँको भनाई थियो ।

प्रतियोगिताको बिजेताले पाउने ट्रफि समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । प्रतियोगितामा बिजेताले पाउने ट्रफि नेपालमाा पहिलो पटक भित्रिएको र यो ट्रफिको २५ वर्ष सम्म रङ नजाने आयोजकको दावी छ । नेपाली बजारमा ४६ हजार मुल्य परेको उक्त ट्रफि युरोपियन लिग फुटबलमा प्रयोग हुने भए पनि नेपालमा भने पहिलो पटक आफूहरुले भित्राउको आयोजकको दावी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *