आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ। स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलिदेखी मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वाअनुमार बुलेटिनमा उल्लेख छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *