स्ववियु निर्वाचन : गलकोट बहुमुखी क्याम्पसमा सर्वसम्मत


आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनको सहमतीमै गैरे अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

लामो समयको छलफलपछि स्ववियुका सवै पदमा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त र कोषाध्यक्षमा अनेरास्ववियु (छैठौं) का गणेश सापकोटा चयन भएका निर्वाचन अधिकृत नवराज गौतमले बताउनुभयो ।

सदस्यहरुमा नेविसंघकी हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौ)की विनिता गौतम रहेका छन् ।
चैत्र ५ गते निर्वाचनको मिति तय भएअनुसार आज मनोनय दर्ताको समय थियो । मनोनयन दर्ताको समयमा कुनै पनि पदमा अन्य व्यक्तिको दर्ता नभएपछि सर्वसम्मत भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरु पूरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गरेको छ भने प्रमाणपत्र वितरणको काम पछि गरिने निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *