क्षेत्री समाज बागलुङको अध्यक्षमा महत

रोहन जि.सी, बागलुङ

क्षेत्री समाज बागलुङको शनिवार सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा पाचौ अधिवेशनबाट रुद्र बहादुर महतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा शिवकला थापा, महिला उपाध्यक्षमा मिना चोखाल, उपाध्यक्षमा डिल बहादुर कार्की र राधिका कुवर केसी तथा महासचिवमा कविराज क्षेत्री चयन हुनु भएको छ । प्रत्येक पालिकाबाट एक एक जना सचिव चयन हुने व्यवस्था अनुसार बागलुङ नगरपालिकाबाट मञ्जुमाया क्षेत्री, गलकोट नगरपालिकाबाट गणेश बहादुर खत्री, काठेखोला गाउँपालिकाबाट विश्व गौतम क्षेत्री र ताराखोला गाउँपालिकाबाट कर्ण बहादुर भण्डारी चयन हुनु भएको छ ।

अन्य पालिकाबाट खाली रहेको जनाइएको छ । कार्यसमितिका सदस्यहरुमा जमुना खत्री, मनोज कुमार क्षेत्री, उजेली खत्री, टिका बहादुर कार्की, रेणु केसी हमाल, माया क्षेत्री बस्नेत, डिल बहादुर बस्नेत, माया चालिसे, हिम बहादुर खड्का र शिला भण्डारी चयन हुनु भएको छ ।

साधारणसभा तथा अधिवेशन क्षेत्री समाजका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष महेन्द्र रायमाझीको स्वागत, कार्यवाहक सचिव कविराज जिसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सम्मानित सदस्य लक्ष्मी बहादुर कार्की, रुद्र बहादुर महत, प्रतिनिधिको तर्फबाट झर बहादुर खत्री र महिलाका तर्फबाट पोटकुमारी जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *