बिहुँमा लान्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी तालिम

आदर्श अनलाइन, बागलुङ
एचआईभि संक्रमित र उनको परिवारलाई लक्षित गरी जिल्लाको काठेखोला गाउँपालिका ६ विहुँ स्वास्थ्य चौकीमा लान्छना तथा भेदभाव न्युनिकरण सम्बन्धी तालिम सन्पन्न भएको छ । लामो समयदेखि एचआईभि एड्सको क्षेत्रमा काम गर्दै आएको धौलागिरी पोजेटिभ समुह बागलुङको आयोजना काठेखोला गाउँपालिका र राष्ट्रिय एचआईभि एड्स महासंघको सहयोगमा तालिम सम्पन्न भएको हो ।

स्थानीय महिला स्वास्थ्य स्वयं सेविका र विभिन्न विद्यालयका शिक्षकहरु सहभागि रहेको तालिमको सहजीकरण धौलागिरी पोजेटिभ समहुका अध्यक्ष चन्द्रबहादुर खत्री संस्थाका कार्यक्रम संयोजक पुर्ण बहादुर थापा मगर र हेल्थ असिष्ेट अस्मिता घर्ती मगरले गरेका थिए ।

तालिममा अवसरमा एचाआईभि एड्स यो एउटा अवस्था मात्र भएकोले हरेक समुदायमा कुनै पनि संक्रमितलाई माया र सत्कार गर्नुपर्ने बताईएको थियो । पछिल्ला दिनमा पनि यो एउटा कुनै प्राण घातक रोग हैन अवस्था मात्रै हो भन्ने आम सर्वसाधरणले बुझ्न नसकेका कारण अझै पनि हाम्रो समाजमा संक्रमिले भेदभाव बेहोर्न परेको अध्यक्ष खत्रीले बताउनुभयो ।

एचअआईभि एड्स सम्बन्धी यस्ता जनचेतना मुलक कार्यक्रमले सिंगो समाजलाई नै फाईदा हुने सहभागिले बताएका थिए । २२ जना सहभागि रहेको तालिममा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाको सहभागिता रहको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *