मंगला शिक्षा क्याम्पसमा स्ववियु निर्वाचनको मतदान शान्तिपूर्ण

अमृत बास्कुने, म्याग्दी
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिहानैदेखि शान्तिपूर्ण तबरले सञ्चालन भएको छ ।

म्याग्दी जिल्लामा रहेका दुई वटा क्याम्पस मध्ये म्याग्दी बहुमुखी क्याम्पसमा अनिश्चित कालका लागि स्थगित भएको छ भने मंगला शिक्षा क्याम्पसमा बिहानैदेखि मतदान जारी छ ।

त्रिभुवन विश्वविद्यालयले तोकेको समय सिमा भित्रै निर्वाचन प्रकृया थालनि भएर आज मतदान शुरु भएको हो । मतदान बिहान ८ बजेर १० मिनेटमा शुरु भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताउनुभयो । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा दुई सय १२ जना मतदाता रहेको उहाँले बताउनुभयो ।

बिहान सबा १० बजे सम्म ६८ जना मतदाताले मतदान गरी सकेको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । उहाँका अनुसार बेलुका ४ बजे सम्म मतदान गर्ने र आजै मतगणना सकेर परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

मंगला शिक्षा क्याम्पसमा प्रत्यक्ष तर्फ नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै ८ पदम उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सभापति र कोषाध्यक्ष तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सचिव र सदस्य पदमा मात्रै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचि सबै विद्यार्थी संगठनले बुझाएको भए पनि आफूहरुले त्यसलाई नखोलेको कार्कीको भनाई छ ।

नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्रीले मंगला शिक्षा क्याम्पसमा मतदान शान्तिपूर्ण तबरले चलिरहेको बताउनुभयो । उहाँले क्याम्पस भित्रका साथीसाथीहरु बिचको प्रतिस्पर्धा हो त्यसमा जिल्लाबाट केही गर्ने भन्दा पनि सहज तबरले सम्पन्न होस भन्ने चाहना रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *