आदर्श अनलाइन, बागलुङ
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङ नगर कार्य समितिको अध्यक्षमा बाबुलाल शाक्य चयन हुनु भएको छ ।
सोमबार बागलुङमा सम्पन्न भेलाले शाक्यको अध्यक्षतमा ११ सदस्यीय नगर कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णु कुमारी शर्मा विजुलन, सचिवमा शान्ता नेपाली,कोषाध्यक्षमा सदिक्षा खड्का चयन हुनु भएको छ । समितिको सदस्यमा कमल बोहोरा ,गांगा कँडेल, सरस्वती शार्की, नन्दकली शर्मा, विक्रम शाक्य, आशा पाईजा, रविलाल किसान चयन भएका छन् । चार सदस्य नगरका सवै वडाको प्रतिनिधित्व हुने गरि पछि थप गरिने जनाइएको छ ।
भेलामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष टिकाराम थापाले महासङ्घको बारेमा जानकारी गराउनु भएको थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ बागलुङका अध्यक्ष भवानी प्रसाद रिजालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय ,बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गांगा शर्मा, विद्यामन्दिर माविका प्रअ शान्तमणी ढकाल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम बाबुलाल शाक्यको स्वागत र उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।