एमालेको मिसन ग्रासरुट : ‘युवालाई राजनीतिमा ल्याउने कार्यक्रम ल्याउनु पर्याे’

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा टोल कमिटिमा आवद्ध कार्यकर्ताहरुले युवाहरुलाई राजनीतिमा आकर्षित गराउने योजना ल्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

अभियानका क्रममा काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको साविक वडा नं. ४ को टोलभेलाका सहभागीहरुले युवा जनशक्तिलाई राजनीतिमा केन्द्रीत गर्नका लागि युवा केन्द्रीत अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिएका हुन् ।

पार्टीहरुप्रति युवाहरुमा आकर्षण छैन, राजनीतिले हामीलाई के ग¥यो ? हाम्रा आवाज राजनीतिले कहिले सुन्छ ? हामीलाई आवश्यक सीप र प्रविधि लगायत स्वरोजगारीका लागि राज्यले कहिले सम्बोधन गर्छ भन्दै युवाका लागि आवश्यक सीप र रोजगारीका लागि ध्यान दिनुपर्ने बताएका हुन् ।
अभियानका क्रममा पार्टीले सञ्चालन गर्ने अभियानले युवा, महिला, दलित, श्रमिक, कृषक लगायत श्रममा आधारित वर्गका जनताका लागि सीप, पूँजि र प्रविधिको विकास गर्नु पर्ने उनीहरुको भनाइ छ ।

मुख्य राजनीतिक दलहरु सत्ता बनाउने र ढलाउने खेलमा लागेको प्रति लक्षित गर्दै एमालेका कार्यकर्ताहरुले सत्ता प्राप्ति मात्रैमा अल्झेर जनताका समस्या समाधानमा नलाग्ने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मिसन ग्रासरुट अभियानका लागि भीमापोखरामा खटिएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले पार्टी भनेको कार्यकर्ताको घर भएकाले आफ्नो घरलाई व्यवस्थित बनाउन सबै कार्यकर्ता उत्साहका साथ लाग्नु पर्ने बताउनु भएको थियो ।

जिल्ला सचिवालय सदस्य कोपिला खरेल सापकोटाले स्थानीय पार्टी कमिटिका गतिविधिलाई नियमित रुपमा सञ्चालन गर्ने गरी अभियान बनाउन सके पार्टीको प्रभावकारिता बढ्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका काठेखोलाका सचिव तथा वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्माले पार्टी र जनप्रतिनिधिबीचका सम्बन्ध लगायत वडा कार्यालयका तर्फबाट भएका कामहरुको जानकारी गराउनु भएको थियो । उहाले सकेसम्म धेरै भन्दा धेरै जनताको भावना अनुसार योजना बनाएर काम गरिएको जानकारी गराउदै काम गर्दा केही कमीकमजोरी भएको भए सच्याउन निरन्तर खबरदारी गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा एमाले काठेखोला वडा नंं २ का अध्यक्ष नारायणदत्त रेग्मी, वडा सदस्यहरु सुरेश थापा मगर, भीम केसी र चन्द्रकला थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम टोल कमिटिका संयोजक खडानन्द थापाको अध्यक्षता तथा पार्टीका वडा कमिटि सचिव ऋषिराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *