जातीय भेदभाव उन्मुलन दिवस : ‘बद्लियो विभेदको स्वरुप’


खेमराज गौतम, बागलुङ

५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस । बागलुङमा एक अन्तरक्रिर्या कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गण्डकी प्रदेश सभासदस्य गोविन्द बहादुर नेपालीले दलित आन्दोलन खस्कदै गएकाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दलित वर्गले भगत सर्वजित विश्वकर्मालाई सम्झेर आन्दोलनलाई सशक्त बनाउदै लैजानुपर्ने बताउनुभयो । उहाँले दलित शब्दमा खोट नभएको भन्दै मानिसको विभेद र उस्को दलित प्रतिको दृष्टिकोणमा खोट भएको बताउनुभएको छ । दलितका मुद्दा केही हदसम्म सम्बोध भएको बताउदै नेपालीले छुवाछुतको प्रकृति फेरिएको जिकिर गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद दिलमाया पौवीले दलित भएकैक ारण सांसदले कोठा भाडामा नपाएको तितो कुरा सुनाउनुभयो ।

कार्यक्रममा बागलुङका दलित समुदायहरुले समाजमा अझै जातीयताको नाममा कुरीतीहरु कायम रहेको बताएका छन् ।विभेद अन्त्य नभएर विभेदको स्वरुप मात्रै फेरिएका अन्तरक्रिर्या कार्यक्रममा रहेको सहभागी दलित अगुवाहरुले बताएका छन् ।

बागलुङ बजारमा आयोजित ‘बद्लिएको जातीय विभेदको स्वरुप, दलित आन्दोलन र राज्यको भूमिका’ विषयक अन्तरक्रिर्या कार्यक्रममा सहभागीहरुले दलीतमाथी हुने विभेद अन्त्य नभएको बताउदै पछिल्लो समय विभेदको स्वरुप मात्रै फेरिएको बताएका छन् ।

“पहिला सामाजिक कार्यमा दलिलाई छुट्टै भान्सा तयार गरेर विभेद गरिन्थ्यो, अहिले निम्तोनै गरिदैन, अझै शहर बजारमा दलितले कोठा भाडामा नपाउने अवस्था छ, दलित भनेपछि अनेक बाहना बनाएर कोठा खाली गराइन्छ” अन्तरक्रिर्या कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नविन शिशिर विकले भन्नुभयो “पहिला दलित संग छोइदा सुनपानी छर्किन्यो, अहिले अप्रत्यक्ष रुपमा विभेद कायम छ, नागरिकता देखाएर कोठा भाडामा लागउनु समेत दलित माथिको विभेद हो, पहिला दलितलाई छुट्टै भान्सा गराएर प्रत्यक्ष विभेद गर्दथे, अहिले निम्तानै नगरेर अप्रत्यक्ष विभेद भइरहेको छ ।”

परम्परा धान्ने नाममा या आफ्ना बुबा आमाले नमान्ने भन्दै दलितलाई घरमा प्रवेश नगराउने कार्य शहरमा समेत व्याप्त भएको बताउदै दलितलाई गरिने विभेदको प्रकृति मात्रै बद्लिएको विकले बताउनुभयो । यस्तै मिजार समाजका अध्यक्ष रणसिंह बोहोराले दलितहरु बीच समेत विभेद भएको स्विकार गर्नुभयो ।

उहाँले दलित–दलित बीचको विभेद अन्त्य भएमात्रै अन्य समुदायसंगको विभेदका लागि लडाई लड्न सहज हुने बताउनुभयो । “एउटा दलित समुदायले अर्को दलित समुदायमा समेत विभेद गरेपछि अन्य समुदायले हामीलाई कुन नजरले हेर्छ, सबै दलित एउटै भएर आवाज उठाउनुप¥यो” बोहोराले भन्नुभयो “अझैपनि दलित समुदाय भित्रै छोईछिटो गर्ने चलन रहेको स्विकादै पहिला आफ्नो समुदायलाई सुधार गरेपछि मात्रै अन्य सामुदायको वर्गसंग विभेदको विषयमा बोल्न सहज हुनेछ ।”

कानूनले सबैलाई समान हक अधिकार दिएपनि कार्यान्वयनको चरणमा मानव–मानव वीच विभेद कायमै रहि आएको पत्रकार सज्जन कुमार विश्वकर्माले बताउनुभयो । “कानूनी राज्यको अभाष गर्न सकिरहेका छैनौं, अन्तरजातीय विवाह स्विकार गर्न नसक्दा बलात्कार मुद्धामा बागलुङ जिल्ला अदालतले हालै एक युवालाई १२ वर्ष कैद फैसला सुनाएको छ, यो विभेदको नयाँ स्वरुप हो, अन्तरजातीय विवाहलाई बलात्कार मुद्दा लगाएर कार्वाही गर्नुभनेको विभेद घट्नु भन्दा झनै चर्केको पाइएको छ,” विकले भन्नुभयो “जातीयतका आधारमा कतीपय मुद्दाहरुलाई फरक ढंगले व्याख्या गरेर फसाइन्छ, समाजमा प्रत्यक्ष विभेद घट्दै गएको पाइएपनि अप्रत्यक्ष रुपमा झनै विभेदका जघन्य घटनाहरु घटिरहेका छन् ।”

अन्तरक्रिर्या कार्यक्रममा सभागी अधिकांश दलित अगुवाहरुले समाज विस्तारै परिवर्तन भएपनि दलित विरुद्धको विभेद अन्त्य नभएको बताएका छन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले कामका आधारमा विभाजन गरिएको जात वर्गिकरणलाई लिएर विभेद गर्न नहुँने भन्दै कानुनी राज्य भएको महशुस सबै नागरीले गर्न पाउनुपर्नेमा जोड दिनुभयो । दलित विरुद्ध सोच परिवर्तन गर्न आवश्यक रहेको लक्ष्मी बोहोराले सुनाउनुभयो । मानव–मानवबीच समानता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष लाल बहादुर थापा, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का, भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानका सचिव परशुराम विक, सामाजिक अभियान्ता लक्ष्मण श्री, अखिल नेपाल महिला सघका अध्यक्ष लक्ष्मी बोहोरा, सामाजिक विकास कार्यालयका प्रमुख डम्बर बहादुर जिसी, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का, नेपाल दलीत पार्टीका भक्त बहादुर विक, नेकपा माओवादी केन्द्रका राम बहादुर विक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संयुक्त दलित संघर्ष समितिका अध्यक्ष टिका कुमारी बिकको अध्यक्षता, सुनिता विकको स्वागत तथा तारा बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *