म्याग्दी कप–२०७९ को उपाधि पश्चिम म्याग्दीलाई

अमृत बास्कुने, म्याग्दी

म्याग्दीको बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी युवा क्लबले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा कालिपुल युनाइटेडलाई ६–५ ले हराउँदै पश्चिम म्याग्दी यूवा क्लवले उपाधी आफ्नो पक्षमा पारेको हो ।

कालिपुल यूनाइटेडका तर्फबाट तेश्रो पटक पेनाल्टी हान्न आएका खेलाडीको प्रहार दरवाङका गोलरक्षकले रोके पनि उनले पेनाल्टीका लागि बल प्राहर गर्नु पहिल्यै गोललाइन छाडेकाले उनले रोकेको प्रहारलाई पुनः हान्न लगाइएको थियो । उक्त प्रहार गोलमा परिणत भएको थियो । त्यस पछि लगातार दुवै पक्षका पाँचपाँच जनाले गोल हाने पछि थप एक एक जनालाइ दिएको मौकामा दरवाङका खेलाडीले गोल गरे भने कालिपुल युनाइटेडको खेलाडीको प्राहर गोलरक्षकले बिफल बनाउँदै उपाधि आफ्नो पोल्टामा पारेका थिए ।

पश्चिम म्याग्दीका गोलरक्षक सजिन किसानले आफ्नो टोलीलाई जिल्लामा आयोजित पहिलो लिग फुटबलको उपाधि जिताउन प्रयाप्त भएको थियो । खेलको निर्धारीत समय सकिए पछि अतिरिक्त समयको मध्यान्तरमा वर्षाले गर्दा खेल रोकिएको थियो । फाइनल खेलमा कालिपुल युनाइटेडका एक खेलाडीलाई दोहोरो पहेँलो कार्ड सँगै रेडकार्ड दिए पछि केही बेर बिबाद सहित खेल रोकिएको थियो ।
प्रतियोगिताको विजयी टीम पश्चिम म्याग्दी यूवा क्लवले नगद एक लाख १५ हजार रुपियाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता कालिपुल यूनाईटेडले ७० हजार रुपियाँ नगद सहित मेडल र प्राप्त गरे । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका क्याप्टेन राजन पुन मगर घोषित हुँदा ८ गोल गरेका कालिपुल युनाइटेडका बिनम थजाली सर्वाधिक गोलकर्ता हुनुभयो ।

प्रतियोगितामा उत्कृष्ट गोर रक्षक कालिपुल युनाइटेडका सन्दिप क्षत्री, उदयमान खेलाडी कालिपुल युनाइटेडकै सनम विक हुनुभयो भने अनुशासित टिममा जनप्रिय यूवा क्लव दरबाङ घोषित भएको छ । अनुशासित क्लव र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी एवम् उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही सात हजार पाँच सय रुपियाँ र ट्रफी प्रदान गरीएको थियो । त्यसैगरी उदयमान खेलाडीलाई ५ हजार रुपियाँ नगदसहित ट्रफीप्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी सहित बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कप–२०७९ का संयोजक बिक्रम सुबेदीलगायतले ट्रफी मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि सुु्रु भएको प्रतियोगितामा जिल्ला भित्रका ९ सहित १० क्लवको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *