बागलुङका सहकारीकर्मी भन्छन्, : ‘वित्तीय साक्षरता अभियानलाई प्रभावकारी बनाउछौँ’

आदर्श अनलाइन, बागलुङ
बागलुङका सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बिहीवार आयोजना गरेको एक दिने युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको आव्हान तथा सहकारी विभागको निर्देशन अनुसार ग्लोवल मनी विक–२०२३ अन्तरगत जिल्ला सहकारी संघ लिमिटेड बागलुङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

विपन्न वर्गका शेयर सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीहरुले आयआर्जनका लागि सीप मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, सचेतना प्रदान गर्नुका साथै आयआर्जन भएको रकमलाई कम खर्च गरी वचत गर्ने बानीको विकास गर्नका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने सहकारीकर्मीहरुको भनाइ छ ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुले आफ्ना सदस्यहरुलाई दिर्घकालिन खालका वचत अभियानका बारेमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीका सदस्यहरुसंगै युवा तथा विद्यार्थीहरुका लागि वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरी आम्दानी बढाउन, स्वस्थकर खानेकुुरा खान तथा आम्दानी गरेको रकमको निश्चित अंश दिर्घकालिन खालका वचत कार्यक्रममा सञ्चित गर्न सिकाउन उहाँले आव्हान गर्नु भयो ।

सहकारीहरुमा प्राय गरेर चल्ती वचतहरु भएका कारण तरलतामा समस्या आएको चर्चा गर्दै उहाले नियमित वचत, दिर्घकालिन वचतहरुका बारेमा सचेतना आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीको दिगोपना र सदस्यहरुको सक्रिय सहभागिता र आर्थिक उन्नतीका लागि सहकारी संघ संस्थाहरुले वित्तीय साक्षरता अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेजप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *