सिगानामा एमालेको ‘मिसन ग्रासरुट’


रामबहादुर जिसी, बागलुङ
नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत आज बागलुङ नगरपालिका–८ सिगानामा अन्तरिक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तरिक्रिर्या कार्यक्रममा सिगानामा एमालेको संगठन विस्तार, सदस्यता नविकरण तथा एमालेको बैचारिक सिद्धान्तलाई घर–घरमा पु¥याउन आवश्यक रहेको सअभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य लिला रानाले ग्रसरुट अभियान मार्फत पार्टीका सम्पूर्ण कमिटि र जनसंगठनहरुको वैठक, भेला लगायत रचनात्मक क्रियाकलापलाई महत्वपूर्ण ढंगले अगाढी बढाउन सहयोग पुगेको बताउनुभयो । उहाँले एमाले र एमालेले अंगिकार गरेको सिद्धान्तका कारण अहिले एमालेप्रति जनलहर आइरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष हिरा बहादुर केसीले ग्रासरुट मार्फत एमाले झनै बलियो र सशक्त भएर आएको बताउनुभयो ।



“दुर दराजमा अहिले एमाले पुगेको छ, एमालेको विचार, अस्था र कार्यक्रम जनतामाझ पु¥याउने माध्यम हो ग्रासरुट” केसीले भन्नुभयो “एमालेले सरकारमा छदा गरेका कामलाई जनतामाझ पु¥याउन सक्नुपर्दछ, एमालेले गरेका राम्रा काम जनतालाई बुझलाउन सके एमाले जहिलै पहिलो दल बन्नेछ ।”



कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य प्रेम लामिछाने, जिल्ला सदस्य जित बहादुर क्षत्री राजन, जिल्ला सदस्य भावना खड्का र एमाले बागलुङ नगर कमिटि सचिव राम कृष्ण शर्मा लगायतले पार्टीलाई जरैबाट शशक्त बनाउनका लागि मिसन ग्रास रुट अभियान सञ्चालनमा आएको बताउनुभयो ।

मिसनग्रासरुट अभियान अन्तरगत ५० जना नव प्रवेशी तथा जेष्ठ कार्यकर्तालाइ खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम नेकपा एमाले सिगाना गाउँकमिटिका उपाध्यक्ष जगत जिसीको अध्यक्षता, गाउँकमिटि सचिवालय सदस्य गोविन्द प्रसाद गौतमको स्वागत तथा सचिव अर्जुन खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *