एमाले मिसन ग्रासरुट : कार्यकर्ता भन्छन्,-‘दुःखीको साहारा एमालेनै हो’

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका टोल कमिटिमा आवद्ध कार्यकर्ताहरुले गाउँका जनताको दुख सुखमा साथ दिने पार्टी एमाले नै भएको बताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बिहीवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको साविक वडा नंं ५ को टोल भेलाका सहभागीहरुले यस्तो बताएका हुन् ।

भीमापोखरामा सञ्चालित अभियानका क्रममा सहभागी सबैलाई परिचयसंगै आफ्ना विचारहरु, पार्टी प्रतिका गुनासा, पार्टीका स्थानीय नेता कार्यकर्ताहरुबाट भएका गतिविधिसंगै जनप्रतिनिधिहरुले गरेका कामहरुका बारेमा समेत भनाई राख्ने गरेका छन् ।

गाउँको विकासका लागि एमालेले २०५१ सालबाटै जनपक्षीय काम गरेको र अहिलेसम्म एमालेका नेता कार्यकर्ताहरुबाट अभावमा परेका, दुख पाएका कार्यकर्तासहित जनताका लागि सहयोग, समन्वय र सहकार्य भएको सहभागीहरुको भनाइ थियो ।

पार्टी घर हो, त्यो घर बनाउने जिम्मेवारी हामी सबैको हो, हामी पार्टीका इमान्दार कार्यकर्ता हौ, पार्टीका नेताहरुले हामीलाई अप्ठेरो पर्दा, साह्रो गाह्रो पर्दा सहयोग गर्नु पर्छ, स्थानीय कार्यकर्ता ओम बहादुर खत्रीले भन्ुनुभयो, –‘भीमापोखराको सन्दर्भमा एमालेका नेता कार्यकर्ताहरुबाट सकारात्मक कामहरु भएका छन् ।’

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले पार्टी कार्यकर्ताहरुको घर भएकाले आफ्नो घर बलियो बनाउने, सुरक्षित बनाउने र घामपानीमा ओत दिने बनाउने जिम्मेवारी पनि कार्यकर्ताकै भएको बताउनुभयो ।

उहाले एमालेलाई मुलुकको बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित बनाउनका लागि पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ता उच्च मनोवलसहित सक्रिय, सिर्जनात्मक र व्यवहारिक बन्नु पर्नेमा जोड दिनु भएको थियो ।

एमाले काठेखोलाका सचिव तथा वडा नंं. २ का वडा अध्यक्ष विद्यापती शर्माले सामाजिक न्यायसहितको समाज निर्माणका लागि एमालेका नेता कार्यकर्ता र समर्थक शुभेच्छुकहरुबीच निरन्तर समन्वय र सहकार्य हुनु पर्ने बताउनु भएको थियो ।

एमाले भीमापोखराका अध्यक्ष नारायणदत्त रेग्मी, वडा सदस्यहरु भीम केसी र चन्द्रकला थापा लगायतले मिसन ग्रासरुट अभियानले स्थानीय कार्यकर्तामा उत्साह थपेको बताउनु भएको थियो ।

साविक भीमापोखरा वडा नं. ५ टोल कमिटिका संयोजक बीर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा कमिटिका सचिव ऋषिराम शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *