जीवन शाक्य
नर्वे भ्रष्टाचार मुक्त कहलिएको युरोपियन मुलुक हो । भ्रष्टाचार भए पनि एकदम न्युन रुपमा होला, । शुसासन पारदर्शिता भएको विकशित देश हो नर्वे । पृथ्वीको उत्तरी ध्रुवमा पर्ने र करिव १० महिनानै हिउ पर्ने अति जाडो हुने मुलुक हो नर्वे । उदाउँदो सुर्यको देश भनिने नर्वेमा दिन र रातमा खास फरक पर्दैन किनभने दिनरातमा पनि उत्तिकै काम गरिरहेको देखियो ।
शहर बजारमा मान्छेहरु २४ घण्टा जस्तै व्यस्त रहेको यो देशमा फोहर धुँवा ढुलो एक रत्ति देखिदैन । यातायातको लागि प्राय सबै विजुलीबाट नियमित समयमा २४ सै घण्टा जस्तो चल्ने सुविधा युक्त आधुनिक बस र ट्रेन छ । समुद्री मुलुक भएकोले पानी जहाजको सुविधा पनि त्यतिकै छ । यहाँको भिसा भएको जो सुकैले अन्य २६ युरोपियन मुलुकहरुको यात्रा पनि गर्न पाउने सुविधा रहेछ ।
आफन्तहरु नर्वेको राजधानी ओस्लोमा केहि वर्ष देखि रहेको, त्यहाँ जानु पर्ने काम आईपरेको, भिसाको लागि निवेदन दिएको केहि दिनमा नै भिसा आएकोले डेढ महिना अघि फाल्गुण महिनामा कतार एअरवेजबाट राती काठमाण्डौबाट उडेर अर्को दिन ओस्लोमा टेक्यौ । बेलुकी छ बजे पुगेपछि, सुविधायुक्त ट्रेनबाट केहि मिनेट जमिन र जमिन मुनिको बाटो भएर करिव आधा घण्टा पर अन्दाजी ३० किमी पर ओस्लो शहरको विशाल ट्रेन स्टेशन भवनमा प्गियो । अग्ला सफा शुन्दर र व्यवस्थित भवन भित्रको विभिन्न ठाउँहरुमा जाने बाटोको सुविधा भएको र भवन भित्र धेरै विजुली कम्युटर र क्यामेरा जडित सफा पसलहरु थियो । भवन भित्रको विशाल ठाउँमा धेरै मुलुकका मान्छेहरुको ओहर दोहर, किनमेल, होटलमा खानपान चलिरहेको थियो । त्यहाँको यन्त्रयुक्त माथिल्लो तला र तल्लो तलामा झर्ने हिड्न पाईला चाल्नु नपर्ने लिफट र भरेङ सुविधाहरु जडित थियो भने झर्ने सफा भ¥याङका खुडिकलाहरु पनि थियो । माथि उक्लिने र झर्ने गरेर तल आएर ट्रेनको करिव २० मिनेटको यात्राबाट झरेपछि केहि मिनट हिडेर आफनो विश्राम स्थल कोठामा पुगियो ।
बाटो, बाहिर वरिपरी हिउँले घेरिएको निकै चिसो साँठ चलेको थियो । प्रत्येक कोठामा राम्रो हिटर भएकोले सामान्य न्यानो लुगामा बस्न, सुत्न सकिने व्यवस्था भएको घर, बाहिर हिउँ र बत्तिले गाउँ जस्तो ठाउँमा पनि उज्याले प्रशस्त थियो । सुत्ने बस्ने, कोठा, भान्सा कोठाहरु सबै विजुलीबाट चल्ने आधुनिक मेशिनमा पकाउने व्यवस्था भएको सामानहरुले भरिएको, नुहाउने कपडा धुने हात धुने सवै व्यवस्था भएको घर थियो । पथ्थरै पथ्थर भएको होँचा डाडाँकाडा भएको ठाउँमा गाउँका एकदुईतले छुट्टा छट्टै सुविधा सम्पन्न घरहरु भएका पनि देखियो । घरायसी सामानहरु किन्न भने करिव १० मिनट पर व्यवस्थित पसलमा पुग्नु पर्ने रहेछ । ओस्लो शहरमा आकर्षक ट्रेन बस स्टेशन, गगनचुम्वी घरहरु महलहरु, होटलहरु, पसल, हेर्ने घुम्ने ठाउहरु थियो ।
यातायातको लागि इन्धन र समुन्द्रको चिसो साल्मोन माछा बेच्ने विशेष आर्थिक स्रोत भएको बाँच्नको लागि सवै साम्रगीहरु, खाद्यान्न, कपडा, तरकारी आदि दोस्रो, तेस्रो, चौथो मुलुकबाट समुन्द्रि वा अन्यबाटो भएर ल्याउने र किनबेच गरिने व्यवस्थित मुलुक हो नर्वे । सानो परिवार सुखी परिवार, उच्च शिक्षा स्वास्थ्यको निशुल्क सुविधा भएको र रोजगारको लागि नेपाल, फिलिपिन्स, चाईनिज,आदि धेरै अर्को मुलुकबाट आएका विदेशीहरु, विद्यार्थीहरु काम गर्ने सुविधा भएको मुलुक हो नर्वे । सफा शुन्दर शहर, धुवाँ धुलो र फोहरको नामोनिशान नभएको शुन्दर व्यवस्थित ठाउँ, खाना सजिलै पच्ने पचाउने चिसो सफा भौगोलिक संरचना भएको, सरकारले बेरोजगार र जेष्ठ नागरिकहरुलाई पुग्दो भत्ता सुविधा उपलब्ध गराएको रहेछ । तर त्यस्तो विकशित व्यवस्थित ठाउँमा पनि माग्ने मान्छेहरु एक दुईजना भने देखिए । सोमालियन शरणार्थीहरुलाई बसोबास र भत्ता र रोजगार सुविधा उपलब्ध गराएर पनि देशका सम्पुर्ण जनतालाई शान्त स्वस्थ राख्न सफल मुलुक हो नर्वे ।
२४,२५ वर्ष पुगेपछि प्राय विवाह बन्धनमा बाँधिने गरिएको नेटबाट थाहा पाउन सकिन्छ र केहि वर्ष पछि घरबाट बाहिर बस्ने, कमाउने खाने आफैले गर्नु पर्ने, गर्ने ब्यवस्था भएको मुलुक, करिव ३ प्रतिशत जनता चर्चसंग आवद्ध, धेरै अन्य कुनै धार्मीक संस्थासंग नबाँधिएको त्यहाँ बस्ने नेपालीबाट सुन्न सकिन्छ । तर विवाह पछि डाइभोर्स भयो भने बच्चा केटाकेटी, परिवार र दम्पत्तिहरुले केहि आर्थिक सामाजिक मानसिक मनोवैज्ञानिक कठिनाइहरु भोग्नु पर्ने सबै युरोपियन मुलुकहरुको समस्या हो । तर, सकारात्मक भन्ने या नकारात्मक मानवीय पक्ष यहाँका बासीहरु साथीहरु बाहेक अन्यसँग त्यति घुलमिल भई कुराकानी गर्ने गरेका देखिएन, आफैमा बढी सिमित आत्म केन्द्रित जस्तो लाग्ने ।
तर अत्यन्त मानविय र सहयोगी शान्त विश्वाशिलो पक्ष भनेको बाहिर जहाँको मान्छेहरु बाटोघाटोका जानकारी नभएर अलमलिएको अवस्थामा रहदा सम्वन्धित ठाउँमा जानकारी गरायो भने ठाउँमा पु¥याईदिने, कुनै बेरोजगार विदेशी छन् भने पनि निशुल्क भाषा अध्ययनको निशुल्क सुविधाको व्यवस्था गरिदिने र पछि रोजगार दिने अन्यन्त सकारात्मक मानविय पक्ष भएको मुलुक हो भन्ने नेपालीहरुबाट सुने । कामको, श्रमको मुल्य पनि पोर्चुगल भन्दा राम्रो भएर नर्वे आउने पनि गर्दा रहेछन् । चोरी डकैती, छक्का पञ्जा कोहि कसैबाट नहुने उदाहरण हामीहरु सवै साँचो लगाउने सुविधा नभएको कोठाका सवै समानहरु छोडेर ३ दिन बाहिर जाँदा पनि यथावत रहेको पायौं । सजिलै चोरी डकैती गर्न सकिने अवस्था भए पनि त्यो अमानविय सामाजिक अपराधको स्वभाव नर्वेली मानिसहरुमा नभएको सवैले प्रशंसा गर्नु पर्ने पक्ष हो । शायद अध्ययन अनुसन्धान र सजायको उचित भागिदार हुनुपर्ने अवस्थाको व्यवस्था नर्वेली सरकारले प्रशस्त गरेका छन् भन्न सकिन्छ । एउटा रमाईलो पक्ष, बाटोघाटो काट्न व्यवस्था गरिएको ट्राफिक लाइटको पालन कुकुरले पनि गरेको देखियो ।
नर्वेली जनता ठाउँ एउटा शान्त स्वच्छ विधी विधान, पारदर्शी शासन व्यवस्था भएको, भुकम्पबाट बढी शुरक्षित भाग्यमानी मुलुक हो । यहाँ जातपातको छुवाछुतको विविधता विभेद देखिएन, छैन् । नर्वे अर्थात मानविय सकारात्मक स्वभाव धेरै भएका बासिन्दाले भरिएको मुलुक भन्नु पर्छ । यसो भन्दै गर्दा वन जंगल, पर्यटन, खानी पानी सवै भएको हाम्रो मातृभुमी नेपाल धु्रर्त भ्रष्ट धेरै, राजनितीज्ञ नेताहरु, शाशकहरु हाकीमहरुबाट ठगिएको लुटिएको अव्यवस्थित अपारदर्शी अभागी मुलुक होकी भन्ने लाग्छ । जेसिजले वाचन गर्ने विधी विधान शब्द शब्दकोषमै सिमीत भए जस्तो लाग्छ ।