म्याग्दीमा भेटिए ३४ जना क्षयरोगी

आदर्श अनलाइन, बागलुङ
हिमाली जिल्ला म्याग्दीमा चालु आर्थिक वर्षको फागुन सम्मको अवधिमा ३४ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विश्व क्षेयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्लाको अन्नपुर्ण गाउँपालिकामा छ जना, रघुगंगामा चार, धौलागिरीमा चार, मालिकामा पाँच, मंगलामा दुई र बेनी नगरपालिकामा १३ गरी कुल ३४ जना क्षेयरोगीहरु पत्ता लागेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले गत आर्थिक वर्षमा ५८ जना नयाँ रोगी भेटिएको म्याग्दीमा चालु आर्थिक वर्षको अहिले सम्मकै अवधिमा उक्त संख्या भेटिएकोले यो वर्ष संख्या बढ्न सक्ने बताउनुभयो ।

प्रिभ्यालेन्स सर्भे अनुसार नेपालमा प्रत्येक एक लाख जनसंख्यामा सरदर दुई सय ४५ जनामा क्षेयरोग हुने अनुमान गरिएको भए पनि म्याग्दीको नयाँ संक्रमित दर त्यो अनुरुप नदेखिएको हो । सर्भेको तथ्यलाई आधार मान्ने हो भने म्याग्दी जिल्लामा पनि दुई सय भन्दा बढी क्षेयरोगी भएको अनुमान भए पनि त्यो अनुरुप प्रगति नभएको लम्सालको भनाई छ । हालको अवस्था हेर्दा कतिपयले रोगको लक्षण देखिए पनि त्यसतर्फ ध्यान नदिएर रोग लुकाउने गरेको हुन सक्ने लम्सालको भनाई छ ।

हो हामी क्षयरोग अन्त्य गर्छौं भन्ने मुल नाराका साथ आयोजना गरिएको क्षेयरोग दिवसको कार्यक्रममा जिल्ला स्थीत क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलले क्षेयरोग नियन्त्रणका लागि सबैले चासो दिन पर्ने बताउँदै सञ्चार क्षेत्रको पनि मह्रत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सञ्चारकर्मी पनि नागरिकको स्वास्थ जीवनका लागि भूमिका खेलीरहेको र आगामी दिनमा पनि खेल्ने बतानुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *