आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण


आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्यहरु हरी बहादुर भण्डारी, उमादेवि केसी र गंगादेवि जिसीको ममतामयी माता तथा शेयर सदस्यहरु खोमेन्द्र भण्डारी र सन्तोष भण्डारीको हजुरआमा बागलुङ नगरपालिका–३, बुद्धचोक निवासी पार्वती भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभासँगै राहत हस्तान्तरण गरेको हो ।

भण्डारीको निधन भएको नवौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका सचिव सरस्वती खड्का परियार, सञ्चालक अम्बिका जि.सी., गिता खड्का र प्रबन्धक दिपकराज सापकोटाले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. पाँच हजार रुपैयाँ स्वर्गीय भण्डारीकोे परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *