रातमाटा विकास समितिको अध्यक्षमा शर्मा

आदर्श अनलाइन, बागलुङ
रातमाटा विकास समिति बागलुङ नगरपालिका – ३ को शनिबार भएको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले हिमाल शर्माको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ ।

रातमाटा विकास समितिको उपाध्यक्षमा डा. प्रकाश सापकोटा, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा सरस्वती देबी रेग्मी र सहसचिव शिव प्रसाद शर्मा रहुनुभएको छ ।

समितिको सदस्यहरुमा मुक्ति शर्मा, तिल कुमारी थापा, बाबुराम शर्मा, तुलसीराम पौडेल र बिरेन्द्रराज शर्मा रहनुभएको छ । अधिवेशनले समितिको सल्लाहकारमा कविन्द्र प्रसाद शर्मा सापकोटा, मुरारीदत्त शर्मा, तुलसीराम सापकोटा कृष्णचन्द्र पौडेल र बालकृष्ण शर्मालार्ई चयन गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै समाजसेवी मुरारीदत्त शर्माले गर्नुभएको थियो । कार्यक्रम रातमाटा विकास समितिका अध्यक्ष कबिन्द्र प्रसाद शर्माको अध्यक्षता, राम शर्माको स्वागत र डा. प्रकाश सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *