चिल्ड्रेन लाईफका विद्यार्थीद्वारा पोसाक वितरण

रोहन जि.सी, बागलुङ
चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका आधारभुत तहमा अध्ययनरत विद्यार्थीद्वारा तित्याङका विभिन्न ३ वटा प्राथमिक विद्यालयलाई खेलकुद पोसाक सहयोग हस्तान्तरण गरेका छन्।

आइतबार एक कार्यक्रमको आयोजना गरी बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङ गामा स्थित तित्याङ प्राथमिक विद्यालय, मिस्नेरामा रहेको इन्द्र प्राथमिक विद्यालय र कमलडाँडाको सरस्वती प्राथमिक विद्यालयका ८५ जना बालबालिकाका लागि पोसाक सहयोग गरिएको हो ।

अतिरिक्त क्रियाकलापको खर्च घटाएर बाँकी रहेको रकमलाई शैक्षिक क्षेत्रमा लगाएको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत सिम्रन थापाले बताउनुभयो । कक्षा ६, ७ र ८ का विद्यार्थीले जन्मदिनमा चकलेट, केक तथा कार्यक्रमबाट बचेको पैसाबाट विपन्न परिवारका बालबालिकालाई शैक्षिक साम्रगी वितरण गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा बागलुङ नगरपालिका– ९ तित्याङका वडा अध्यक्ष राजु थापाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा सामाजिक कार्यप्रतिको चासो, भाव देख्दा सकारात्मक प्रभाव परेको बताउनुभयो । थापाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शिक्षामा गुणस्तरीय ढंगले विकास गर्न वडा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, वडावासी सम्पुर्णले महत्वपुर्ण भूमिका निर्वाह गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङको व्यवस्थापन समितिका सदस्य सम्झना श्रेष्ठ, शिक्षक राजु राना, तित्याङ प्राथमिक विद्यालयका प्रधानाध्यापक कमला खड्का क्षत्री, इन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक बिन्दु शर्मा, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक चिजा थापा मगर, चिल्ड्रेन लाईफमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी एन्जल अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका शिक्षक दिपक सुवेदी र शिक्षक एलिना ओलीले गर्नुभएको थियो । तित्याङ प्राथमिक विद्यालयमा हाल २५ जना, इन्द्र प्राथमिक विद्यालयमा २६ जना र सरस्वती प्राथमिक विद्यालयमा ३२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *