एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरे : केसी

आदर्श अनलाइन, म्याग्दी
नेकपा एमालेको पोलिटब्यूरो सदस्य मनकुमारी केसीले देशका मुख्य राजनैतिक दलहरु नै आफ्नै बलबुतामा चुनावमा लड्न नसकेको सठबन्धन गरेको बताउनुभएको छ ।

मिसन ग्रासरुट नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढिकरण तथा विस्तार अभियान–२०७९ अन्तरगत नेकपा एमाले बेनी नगरपालिका वडा नम्बर ७ र ८ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले एमाले थप मजबुत भएर गएको हुँदा कुनै शक्तिले नजित्ने बताउनुभयो ।

कांग्रेसबाट प्रधानमन्त्री नपाउँदा एमालेको साथ खोजेर सत्ता पाएपछि पुनः कांग्रेस कित्तामै फर्केको माओवादी अबका दिनमा भने कुन अवस्थामा पुग्ला कल्पना गर्न नसकिने केसीले बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टीले दिएको जिम्मेवारी सबैले पुरा गर्नु पर्ने बताउनुभयो । उहाँले आफ्नो काम कर्तव्य र अधिकार के भनेर पार्टी विधानले नै स्पष्ट किटान गरेको हुनाले कसैले भन्नु पर्ने भन्दा पनि आफैले पुरा गर्नु पर्ने बताउनुभयो ।

अहिले मुलुक भित्र रहेका सबैजसो दलहरु मिलेर नेकपा एमालेलाई घेराबन्दी गर्न खोजेको भए पनि एमाले त्यो घेरा तोडेर उभिने बताउनुभयो । एमाले देश बनाउने उद्देश्यसहित अगाडी बढेको पार्टी भएको भन्दै धेरै समूह मिलेर गरेको घेराबन्दीले केही फरक नपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव थमसरा पुनले नेकपा एमाले एउटा सिंगो संगठन भएकोले सबै पंक्तीले पार्टी निर्देशनलाई पालना गर्नु पर्ने बताउनुभयो । नेकपा एमाले बेनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता, वडा सदस्य यामबहादुर बानियाँको स्वागत र वडा नम्बर ७ का अध्यक्ष रमेश फगामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *