गलकाेटमा ६२५ रोपनी बाँझो जग्गामा ओखर खेती

आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोट जिल्लाको सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि जाने स्थान हो । गलकोटका अधिकांश स्थानीयहरु जापान लगायतका देशमा पुगेका छन् । युवाहरुले विदेशबाट पठाएको रकमले गलकोट बजार लगायतका सुविधा सम्पन्न स्थानमा बसाईसराई गरेपछि गाउँको अधिकांश जग्गा बाँझो बन्दै गएको छ ।

गाउँघरको जग्गा बाँझो हुँदै गएपछि गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानहरुलाईै प्रोत्साहन गर्नका लागि नव प्रर्बद्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेति थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतिका लागि बागलुङको गलकोट नगरपालिका यस वर्ष छनौटमा परेर ओखर लगाएको छ ।

गण्डकीमा उक्त कोष मार्फत गलकोट नगरपालिका सहित तीन पालिकामा मात्रै यो कार्यक्रम लागु भएको गलकोट नगरपालिकाले जनाएको छ । जनताको आर्थिक विकासमा टेवा पु¥याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ संघीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेति थालिएको हो । चालु आर्थिक वर्षमा रु. २ करोड २० लाखको लागतमा ६२५ रोपनी जग्गामा १० हजार ओखरका विरुवा लगाउने योजना अनुसार काम भइरहेकोे गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गेरैले जानकारी दिनुभयो ।

“यो हाम्रो नयाँ कार्यक्रम हो, ओखर खेतिमा चालु आर्थिक वर्षमा रु. दुई करोड र चार आर्थिक वर्षमा रु. दुई करोड गरी चार करोड खर्च हुँनेछ, यहाँका किसानहरु उत्साहित भएका छन्, गलकोट नगरपालिकाको वडा नम्बर १ दुदीलाभाटी, वडा नम्बर ४ को डाँडाखेत र वडा नम्बर १० को रमुवामा उक्त ओखर खेती लगाउने कार्य अन्तिम चरणमा पुगेको छ” नगर प्रमुख गैरेले भन्नुभयो “मापदण्ड अनुसारको खाल्टो तयार र आवश्यक सिचाईको सुविधा भइसकेको र विरुवा समेत टर्कीबाट आयात गरेर वितरण भइरहेको छ, बाँझो जग्गा सदुपयोग मात्रै हैन त्यहाँका किसानहरुले महङ्गो मुल्यमा ओखर विक्रि गर्ने लक्ष्य राख्नुभएको छ ।”

यस वर्ष रु. २ करोड २० लाख लागतमा खाडल तयार गर्ने, विरुवा खरिद गर्ने र सिंचाई सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने चार आर्थिक वर्षमा पुन दुई लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई नगरपालिकाले हस्तान्तरण गरिने गलकोट नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले प्रविधिमा आधारित नयाँ खेति गर्नका लागि अध्ययन गर्दा बाँझो जग्गा सदुपयोग समेत हुनेगरी ओखर खेतिका लागि गरिएको प्रस्ताव स्विकृत भएर अहिले कार्यान्वयनमा ल्याइएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो ।

व्यावसायिक ओखर खेति पारियोजनामा चालु आर्थिक वर्षमा रु.२ करोड २० लाख र आगमी चार आर्थिक वर्षमा २ करोड २० खर्च हुनेछ । जसमध्ये चालु आर्थिक वर्षमा रु.एक करोड ४० लाख संघीय सरकार, गलकोट नगरपालिकाको ६० लाख र किसानको रु. २० लाख सहकार्य हुने सुवेदीले बताउनुभयो ।

गलकोट नगरपालिकाको एक हजार ५०० मिटरको उचाई देखि दुई हजार ५०० मिटरको उचाईमा रहेको जग्गामा १० हजार ओखर खेति लगाइनेछ । अहिले १० हजार खाल्टो तयारी भएर मल समेत राखिसकिएको छ । दुदिलाभाटीको पात्लेखर्क, डाँडाँखेत देखि निलुवा, पाण्डवखानीको रमुवामा ६२५ रोपनी जग्गामा १० हजार विरुवा ओखरका विरुवा लगाइनेछ ।

“६२५ रोपनी जग्गा मध्ये ५०० रोपनी जग्गा बाँझो रहेको अध्ययनको क्रममा पाइएको छ, बाँझो जग्गा सदुपयोग हुँने र किसानको आर्थिक विकासका लागि ओखर खेति हुने संभावना देखिएपछि अहिले धमाधम काम भइरहेको छ” कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो “ओखर खेतिका लागि तीन वटा वडामै कृषक समूह गठन गरेर काम भइरहेको छ, त्यहाँका किसानहरु उत्साहित बनेर काम गरिराख्नुभएको छ, विरुवा टर्कीबाट ल्याएर लगाउने काम धमाधम भइरहेको छ, एक महिना भित्रै सबै विरुवा ल्याएर लगाउनेछौं ।”

सुवेदीका अनुसार लगाइएको विरुवाको हेरचाह, प्रविधिक सहयोग र सिचाई सुविधा लागि नगरपालिकाले लगातार चार वर्ष सम्म रु. २ करोड २० लाख नै खर्च गर्नेछ । वडा नम्बर १ दुदीलाभाटीमा ४ हजार ४०० विरुवा, वडा नम्बर चारमा २ हजार ६००, र वडा नम्बर १० तीन हजार ओखरका विरुवा लगाएने छ । उच्च घनत्व प्रविधिमा ओखर खेतिगर्न थालिएको हो जुन जिल्लामा पहिलोपटक हो । ठूलो परिणाममा जिल्लामा पहिलो पटक गलकोटमा ओखर खेति गर्न थालिएको हो ।

५÷६ मिटरको दुरीमा खाड लतायर गरेर किसानले मल समेत हाली सक्नुभएको छ भने बिरुवा टर्कीबाट तीन प्रजातिका विरुवा खरिद गरेर ल्याएर अहिले धमाधम लगाउने कार्य भइरको कृषि शाखाले जनाएको छ । तीन वटै वडामा समूह गठन गरेर किसानहरुले ओखर खेतिको तयारी गरेका थिए । प्रत्येक प्लटमा सिंचाइको समेत काम भइरहेको छ । जस्का लागि प्लाष्टिक पोखरी निर्माण र पाइप जडान भइसकेको छ ।

झाडी र बुट्यान भएको बाँझो जग्गालाई किसानहरुले ओखर खेतिका लागि ६ महिना अघि देखि तयारी गर्न थालेका थिए । बागलुङमा ओखर खेतिको अध्ययन नभएको अवस्थामा गलकोटले प्रारम्भकि अध्ययन प्रश्चात प्रचलित जातको ओखर खेती गर्न थालेको हो ।

ओखर खेतिले पाँच वर्षपछि फल दिन थाल्ने र कार्यविधि बनाएर किसानलाई उक्त ओखर खेति हस्तान्तरण गरिनेछ । ओखर खेतिले ९ वर्षमा लगानी उठाउन सक्ने गरी अध्ययन भएको थियो । गलकोटमा ओखर आयात विस्थापित गरेर निर्यात गर्न सकिनेगरी ठूलो संख्यामा ओखर खेति गर्न थालेको हो ।

किसनाले बाँझो जग्गा तयार गरेपछि नगरपालिको लगानीमा विरुवा वितरण भइर अहिले लगाउने काम भइरहेको दुदिलाभाटी व्यवसायिक ओखर समूहका अध्यक्ष मिन बहादुर मगरले जानकारी दिनुभयो ।

“दुलिलाभाटीमा मात्रै एक सय किसानहरुले चार हजार ४०० विरुवा लगाउने काम भइरहेको छ, यहाँ धेरै जग्गा बाँझो छ उसनहरुलाई समूहमा आबद्द बनाएर बाँझो जग्गाको सदुपयोग गर्नका लागि समेत ओखर खेति प्रभावकारी भइरहेको छ” मगरले भन्नुभयो “नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै आय आर्जनमा टेवा पु¥याउने कार्यक्रम ल्याएकोमा यहाँका किसान खुसी भएका छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *