स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

आदर्श अनलाइन, म्याग्दी
रघुगंगा गाउँपालिकाको दग्नाममा भएको स्वास्थ्य शिविरबाट झण्डै तीन सय जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सामाजिक तथा मानवीय सेवामा संक्रिय लायन्स क्लव अफ बेनी लभ्लीहिलले आयोजना गरेको उक्त बृहत शिविरमा दुई सय ७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

जिल्लाका विभिन्न भेकमा मानविय सेवामा सक्रिय रहँदै आएको लायन्स क्लबले यसपाली ग्रामिण क्षेत्रमा रहेका बिरामीको पहिचान गरी उपचार गर्ने उदेश्यले रघुगंगा गाउँपालिका वडा नं–४ दग्नाममा शिविर आयोजना गरेको हो । उक्त शिविरमा एक सय ३९ जनाको सुगर (मधुमेह) लगायत विभिन्न समस्याको परिक्षण गरेर निःशुल्क औषधी वितरण गरिएको शिविरका संयोजक नेत्रराज सुवेदीले बताउनुभयो ।

शिविरको उद्घाटन गदैं वडा अध्यक्ष प्रविण गर्बुजाले रोगको पहिचान तथा नियमित उपचारमा समस्या झेल्दै आएका ग्रामिण भेकमा बासिन्दाको आफ्नै थातथलोमा रोग पहिचान गरी उपचारमा सहज भएको बताउनुभयो ।

शिविरमा जटिल समस्या भएका र नियमित औषधी सेवन गर्नुपर्ने बिरामीको संख्या धेरै भेटिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर गोविन्द पोख्रेलले बताउनुभयो । डा. पोखे्रलको नेतृत्वमा डा. विद्या बानियाँ, ल्याब टेक्नीसियन सिताराम श्रेष्ठ लगायतको टोलीले शिविरमा योगदान दिनुभएको थियिो । शिविरमा लायन्स क्लवकी जोन चियर पर्सन संगिता श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष अर्जुन पौडेल लगायतले आफ्नो धारणा राख्नुभको थियो ।

लायन्स क्लव अफ बेनी लभ्लीहिल अध्यक्ष भरतबहादुर रकालको अध्यक्षतामा भएको शिविरमा कार्यक्रम सञ्चालन सचिव सोहन श्रेष्ठले गर्नुभएको थियो । उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नेत्रराज सुबेदीको स्वागतमा भएको कार्यक्रममा प्राविधिक सहयोग दिगो क्लिनिक पर्वत बेनीले गरेको थियो । डा.पोखेल, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी वितरण गर्नुभएको थियो । शिविरमा औषधी सहित तीन लाख रुपैयाँ खर्च भएको क्लबका सचिव सोहन श्रेष्ठले बताउनुभयो । शिविरमा एकता युवा क्लब दग्नाम र दग्नाम स्थित आमा समुहले स्वयम्सेवकको रुपमा काम गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *