कलाकार सूर्य खड्का आमा समुहद्वारा सम्मानित

आदर्श अनलाइन, बागलुङ

चर्चित लोक गायक सूर्य खड्का कमेरेखोल्सा आमा समुह रेश बागलुङद्वा्रा सम्मानित हुनुभएको छ । लोक गीत संगित क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आमा समुहका सचिव तारा जिसीले बताउनुभयो ।

काठेखोला गाँउपालिका वडा नम्बर ३ धम्जामा जन्मिएर राष्ट्रिय रुपमा पहिचान बनाउनुका साथै गीत संगित क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप कलाकार खड्कालाई सम्मान गरिएको समुहका सल्लाहकार हुमाकुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।

दिदी सोभिता जिसीको घरमा भाञ्जा सुमित जिसीको ब्रतबन्धमा सहभागी हुन आएका खड्कालाई सम्मान गरिएको हो ।

‘बागलुङ बजार आउका मायालु’ लगायत सयौं गीत गाएका कलाकार खड्का जापान रहेर समेत नेपाली लोक संगित क्षेत्रमा क्रियाशील रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *