शान्तिपाटन बचत तथा ऋण सहकारीको रक्तदानमा ३२ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा
१५ औैं स्थापना दिवसको अवसर पारी पोखरा–६ बैदाममा रहेको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन बहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले रक्तदाता बिनोद आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

स्वाथ्य जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मीना भट्टराइले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *