गण्डकीको पहिचान हो चैते दशैं : मुख्यमन्त्री अधिकारी


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खजराज अधिकारीले चैते दशैं गण्डकी प्रदेशको पहिचानसंग जोडिएको बताउनुभएको छ । उहाँले चैते दशैं संस्कृतिको उत्थानको माध्यम भएको बताउनुभएको छ ।

आज बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैते दशैं दशै मेलाको उद्घाटनपछि बोल्दै संस्कृतिको उत्थानमा चैते दशै मेलाले ठूलो समयोग गरेको बताउनुभयो ।



“यो पूरानो मेला हो, चैते दशैलाई गण्डकी प्रदेश सरकारले समेत प्राथमिकता दिएको छ,” अधिकारीले भन्नुभयो “आज गण्डकी प्रदेशभर चैते दशैको बिदा दिइएको छ, चैते दशै बागलुङको मात्र नभएर समग्र गण्डकी प्रदेशको पहिचानको विषय हो ।”

उहाँले चैते दशै र स्थानीय उत्पादनको प्रर्बद्धनको मेलालाई संरक्षण गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न बागलुङले दवाव दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संघीय सांसद देवेन्द्र पौडेल र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्