विपी स्मृति भवनको शिलान्यास : पार्टीलाई बलियो लाग्नुस्–नेता पाण्डे

आदर्श अनलाइन, बागलुङ
कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरि विकास गर्ने बताउनु भएको छ । बिहीबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताउनुभयो ।

उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नु पर्नेमा जोड दिनुभयो । अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरुको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने बताउनुभयो । उहाँले गठबन्धन मात्रै गरेर चुनाव गर्नुभन्दा अब कांग्रेस एक्लै लडेर जित्नु पर्नेमा जोड दिनुभयो ।

नेता पाण्डेले भन्नुभयो– “चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा ग¥यौँ, अब जनताका मागलाई पूरा गर्न हामीहरु लाग्छौँ, सरकार कसरी संचालन गर्नु पर्छ हामी देखाउँछौँ, जनताले विकासको आभाष भएको अनुभूति गर्ने छन्, निरास हुनु पर्ने छैन ।”

उहाँले पार्टी संगठनलाई बलियो बनाउन जनस्तरबाटै लाग्नु पर्नेमा जोड दिनुभयो । समय–समयमा जनता माझ पुग्ने र उनीहरुको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई आग्रहसमेत गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद चम्पादेवी खड्का, कांग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र नेकपा माओवादी (केन्द्र) बागलुङका अध्यक्ष राजीव घिमिरेले मन्तव्य राख्नु भएको थियो ।

कांग्रेस बागलुङका अध्यक्ष जीतबहादुर शेरचनले आगामी तीन वर्ष भित्रै भवन निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले भवन निर्माणका लागि कांग्रेसजनहरु सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रम भवन निर्माण समितिका सह–संयोजक सहदेव राजभण्डारीको स्वागत र कांग्रेस बागलुङकी सचिव गण्डकी थापा अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *