आदर्श सञ्चारद्वारा राहत सहित समवेदना व्यक्त

आदर्श अनलाइन,बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका अभिभावकको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्यहरु पृथ्वी गन्धर्व र कमल गन्धर्वकी आमा तथा शेयर सदस्य अमृता राना गन्धर्वकी सासु आमा मनकुमारी गन्धर्वको निधनप्रति दुख व्यक्त गर्दै सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । गलकोट नगरपालिका–३ हटिया निवासी मनकुमारी गन्धर्वको ५४ वर्षको उमेरमा माघ ११ गते निधन भएको थियो ।

गन्धर्वको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास गलकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका प्रवन्धक दिपकराज सापकोटा र कर्जा विभाग प्रमुख रुपादेवी ढकालले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान प्रति व्यक्ति पाँच हजारका दरले १५ हजार रुपैया स्वर्गीय गन्धर्वकी छोरी सीता गन्धर्वलाई हस्तान्तरण गर्नु भएको थियो ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले गत २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ५ सय ५० जना शेयर सदस्य, ३ करोड ५० लाख शेयर रकम, १९ करोड निक्षेप, २२ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *