६६ औँ सहकारी दिवस : बागलुङ बजार सरसफाई

आदर्श अनलाइन, बागलुङ

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बहिना बागलुङ बजार सरसफाई गरिएको छ ।

बागलुङ नगरपालिकाको सहकारी शाखा, सहकारी संघ, विषयगत सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, र विभिन्न सहकारी कर्मीहरु बजार सरसफाईमा सहभागी भएका थिए । दुई समूहमा विभाजन गरेर सरसफाई गरिएको थियो ।

No description available.

सरसफाईको शुभारम्भ बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।समिट चोकदेखि, ट्राफिक चोक, टेलिकम चोक, अस्पताल रोड हुँदै धौलागिरी चोक र अर्को समूह समिट चोक हुँदै हल्लन चोक हुँदै जीप पार्क सम्म सरसफाई गरिएको थियो ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त आयोजनामा बजार सरसफार्य गरिएको थियो । सरसफाईमा सहकारीका सञ्चालक तथा कर्मचारीहरुको सक्रिय सहभागीता रहेको थियो ।

No description available.

चैत १८ गते बजार सरसफाई सरसफाई गरेका सहकारी कर्मीहरुले र २० गते मुल समारोह, जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् ।

सहकारीको दिगोपन : स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको सहकारी दिवस बागलुङका सम्पूर्ण पालिकाहरुमा मनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ ।

No description available.
No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *