६६ औँ राष्ट्रिय सहकारी दिवस : बागलुङका सहकारी सुरक्षित छन्–श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताउनु भएको छ । सोमबार बागलुङमा आयोजित ६६ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले पछिल्लो समय धेरै सहकारीमा समस्या देखिएको बताउनुभयो ।

No description available.

सहकारीलाई व्यवस्थित गराउनका लागि संचालक र कर्मचारीे इमान्दार पूर्वक लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । केही समयदेखि तरलता अभावका कारण धेरै सहकारीमा सामान्य समस्या देखिए पनि बागलुङका सहकारीले सेयर सदस्यलाई निरन्तर सेवा दिइरहेको बताउनुभयो ।

No description available.

“सहकारी संचालकहरुको नियत खराब हुनु भएन, अहिलेसम्म बागलुङका सहकारीहरुले अनियमिता गरेको पाइएको छैन, यहाँका सहकारी र सहकारीकर्मीहरु इमान्दर भएर लाग्नु भएको छ,” प्रमुख श्रेष्ठले भन्नुभयो– “सहकारीले नाफामुलक भन्दा पनि सेवा मुलक काम गर्नु पर्छ, उत्पादन मुलक कार्यमा बढी जोड दिनु पर्छ ।”

No description available.

वक्ताहरुले सहकारीलाई व्यवसायिक रुपमा सक्षम बनाउन, आन्तरिक सुशासनलाई व्यवस्थित गराउदै आम सदस्यहरुलाई निर्धक्क कारोबार गर्ने वातावरण बनाइएको बताउनु भएको थियो ।

सहकारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाहरु मध्ये केही व्यक्तिहरुले ऋण नतिर्नका लागि विभिन्न खाले गतिविधि गरेको प्रति इंगित गर्दै वक्ताहरुले सहकारीका सदस्यहरुले गास कटाएर गरेको वचतबाट ऋण लिएर ऋण तिर्दैनौ भन्ने गरेकोले त्यस्ताहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न, ठाउँका ठाउँ त्यस्ता व्यक्तिहरुको प्रतिवाद गर्न सहकारीकर्मीहरुलाई आव्हान गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, राष्ट्रिय सहकारी बैंक संचालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका संचालक दीपक गौतम, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्री लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिङ्गला खड्का जिसीको स्वागत र बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा सहकारीहरुले ¥यालीसहित बजार परिक्रमा गरि रहेका थिए । ट्राफिकचोकदेखि सुरु भएको ¥याली हल्लनचोक, लोकतान्त्रिकचोक, धौलागिरीचोक, लालिगुराँसचोक, देउरालीचोक हुँदै जोजोलोपा पार्टी प्यालेसमा गएर साभामा परिणत भएको थियो ।

No description available.
No description available.
No description available.No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *