सहकारी दिवसको अवसरमा स्वास्थ्य सचेतना

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य परामर्श सम्पन्न कार्यक्रम गरेको छ ।

‘सहकारीको दिगोपन स्वनियम र सुशासन’ भन्ने मुल नाराका साथ मनाइएको सहकारी दिवसका अवसरमा कन्सन्ट्यान्ट डाक्टर अनिष भुषालले सहकारीका शेयर सदस्यहरुलाई सुगर, प्रेसर तथा थाइराइड सम्बन्धी जानकारी गराउनुभएको थियो ।

सुगर, प्रेसर तथा थाइराइड रोग बिशेषज्ञ डा.भुषालले उक्त रोग सम्बन्धी विविध जानकारी दिनुका साथै रोकथामका उपायहरुका बारेमा पनि जानकारी गराउनुभएको थियो । रोग कसरी लाग्छ, लागेको कसरी थाहा पाउने तथा निदानका लागि अहिले प्रयोगमा रहेका उपायहरु र त्यसबाट कसरी बच्ने भन्ने सम्बन्धमा उहाँले सहजीकरण गर्नुभएको थियो ।

सहकारी दिवसको अवसरमा बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई नगद १५ हजार छ सय रुपियाँ प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत उक्त आश्रमलाई सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत, सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *