मुक्तिनाथ अस्पतालमा तालाबन्दी


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको सदरमुकाम स्थित मुक्तिनाथ अस्पतालमा तालाबन्दी गरिएको छ ।

निजी क्षेत्रबाट संचालित अस्पतालले ३ बर्षदेखि घर भाडा नबुझाएको भन्दै घर धनीले तालाबन्दी गर्नुभएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर २ हरिशंकर रोडमा रहेको मुक्तिनाथ अस्पताल एण्ड रिसर्च सेन्टरले लामो समयदेखि घर भाडा नतिरेको भन्दै घर धनी गणेश कुमार श्रेष्ठले मंगलबार ताला लगाइपछि अस्पतालको सेवा बन्द भएको छ ।

बागलुङ नगरपालिका न्यायिक समितिमा मुद्दा दिएको ३ बर्ष देखि घर भाडा माग्दै गर्दा पनि अहिलेसम्म भाडा नतिरेपछि बाध्य भएर ताला लगाउनु परेको श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले शेयर होल्डर एकजनाले अर्को लाई देखाउने तर भाडा दिने बारे कुनै चासो नदिएको बागलुङ नगरपालिका लाई निवेदन दिएपछि घर खाली गराउने सुचना जारी गरेको श्रेष्ठले बताउनुभयो ।

मुक्तिनाथ अस्पतालले बागलुङ नगरपालिका लाई बुझाउनु पर्ने घर भाडा कर समेत २०७५ सालदेखि हालसम्म बुझाएको छैन । घर भाडा कर मात्र रु. ५ लाख ५४ हजार पुगिसकेको छ । अस्पताल कोरोनाका कारण प्रभावित बनेपछि सञ्चालनमा समस्या आएकाले घरभाडा तिर्न नसकेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *