व्यवसायीको पक्षमा एमाले लड्छ : नेतृ अर्याल


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका सचिव पद्मा अर्यालले व्यवसायीको समस्याका विषयमा एमाले जानकार रहेको बताउनुभयो । उहाँले दश दलिय गठबन्धन सरकारले देशको अर्थतन्त्र संकटमा पर्दे जादा व्यवसायीहरुमा चरम निराशा छाएको बताउदै व्यवसायिको हकहितका लागि नेकपा एमाले लड्ने बताउनुभएको छ ।

मिसन ग्रासरुट अन्र्तगत बागलुङका व्यवसायीहरुसंगको कार्यक्रममा नेतृ अर्यालले व्यवसायीहरुलाई धैर्य गर्न आग्रह गर्दै एमाले सदैव व्यवसायीको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य जगत विश्वकर्माले एमाले व्यवसायीको पक्षमा सदैव उभिने पार्टी रहेको बताउनुभयो । उहाँले सरकारले सत्ता स्वार्थका कारण व्यवसायीहरुको दमन गरिरहेको दाबी गर्नुभयो ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट’अभियान अन्र्तगत व्यवसायीहरुको समस्या, आर्थिक संकट लगायतका विषयमा अन्तरक्रिर्या कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको सदस्यमा निर्वाचित दयाराम पौडेललाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *