आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य गण्डकी प्रदेश सांसद गोविन्द बहादुर नेपालीकी आमा तथा शेयर सदस्य सुजता घमाल नेपालीकी सासुआमा मनरुपा नेपालीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभासंगै राहत हस्तान्तरण गरेको हो ।

संस्थाका सचिव सरस्वती खड्का परियार, प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल, सह–सम्पादक खेमराज गौतम सुवास सहितको समुहले नेपालीको घरमै पुगेर राहत हस्तान्तरण गरेको हो ।

सहकारीले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. दस हजार रुपैयाँ स्वर्गीय नेपालीकोे परिवारलाई हस्तान्तरण गरेको हो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सह–प्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *