पैयुँपाटामा सार्वजनिक सुनुवाई : नागरिककाे गुनासै गुनासा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१३ पैयुँपाटामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बागलुङ नगरपालिकाले सोमबार बलेवा क्षेत्रलाई लक्षित गरी पैयुँपाटामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बलेवाबासी नागरिकको प्रमुख गुनासो भनेकै वर्खा लागे सँगै दब्लाङको पहिरोले दिने सास्तीका बारेमा थियो । नगरपालिकाको वडा नं. १० भकुण्डे दब्लाङमा विगत ४ वर्षदेखि पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । वर्षा लागे सँगै नियमित बग्ने पहिरोका कारण दक्षिण बागलुङ यातायात रोकिँदा यस क्षेत्रले पाउनुपरेको दुःखको बारेमा यहाँका जनताले दुखेसो पोखेका थिए ।

सहभागि अधिकांसले सडक यातायात सँगै खानेपानी, स्वास्थ्य र शिक्षाका विषयमा पनि धेरै चासो राखेका थिए । सार्वजनिक सुनुवाईमा जनप्रतिनिधि र कर्मचारीसँग सेवाग्राहीले गुनासै गुनासो पोखेका थिए । ‘योजनाहरुको विल भरपाईको विषयमा सवै भन्दा बढि दुःख पाएका छौं । उपभोक्तालाई अनुशिक्षण छैन ।

जिल्ला दररेट अनुसार उपभोक्ताले काम गर्न सक्नै अवस्था छैन स्थानिय उपभोक्ता बालकृष्ण शर्माले भने,–‘अब गाउँमा उपभोक्ता समितिमा बसेका काम गर्न कोही मान्नेवाला छैन । कि त नगरपालिकाले सेवा प्रवाह गर्दा छिटो र छरितो गर्नुप¥यो नत्र एउटै योजनाको काम लिएर दिनदिनै नगरपालिका धाउन कोही सक्दैनन् । उनले उपभोक्ताको गुनासो सुन्ने र नपुगेको कागजपत्र हेर्ने भनेर स्थापना गर्ने भनिएको ‘फण्ट डेक्स ’कहिले देखी संचालन हुने हो ? जनप्रतिनि र कर्मचारीलाई प्रश्न गरे । नागरिकले ५० हजारको योजना फरफारक गर्दौ धेरै पटक धाउनुपर्ने बाध्यताका कारण हजारौं रकम खर्च हुने समेत शर्माको गुनासो थियो ।

सार्वजनिक सुनुवाईमा राजश्व संकलन कम्प्युटर विलिङ बाट भयो भने राजश्व चुवावट कम हुने बलेवा क्षेत्रका ठुला वडालाई टुक्राउनुपर्छ केही वडा थप्नुपर्ने समेत सुझाव प्रदान गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधिलाई आगामी पाँच वर्षका कार्ययोजना के के छन त्यसको बारेमा आम नागरिकको चासो रहेको भन्दै प्रश्न गरेका थिए । बलेवा क्षेत्रमा खानेपानीको समस्या रहेको र यसको समाधान कहिले हुने भन्दै वडा अध्यक्ष र नगरउपप्रमुख समक्ष स्थानिय शालिकराम शर्माले प्रश्न राखेका थिए ।

कार्यक्रमका सहभागीले नगरपालिकाका हरेक नागरिकलाई आत्मनिर्भर मुखी बनाउनका लागि कस्ता कस्ता योजना बनाएको छ त्यसको बारेमा प्रश्न गरेका थिए ।

कार्यक्रममा नगरपालिकाले संचालन गरेका पूर्वाधारहरु गुणस्तरहिन भएको केहीले टिप्पणी समेत गरेका थिए भने केहीले ग्रामिण क्षेत्रमा भएको जिर्ण सडकको बारेमा प्रश्न गरेका थिए । बलेवा क्षेत्रको पहिलो समस्या भनेकै सडक र खानेपानी हो सहभागी चन्द्रप्रसाद शर्माले भने–‘यसको समस्या समाधानका लागि नगरपालिका जिम्मेवार बन्नुपर्दछ । सदरमुकाम देखि वडा तहमा जोड्ने सडकहरु जीर्ण बन्दै गएकोले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको उनको गुनासो थियो ।

बलेवा विमानस्थल संचालन कहिले हुने ? ग्रामिण भेगमा यातायाताका साधानले उठाउने गरेको मनपरी भाडा दरको विषयमा समेत प्रश्न उठाएका थिए । कार्यक्रममा नागरिकले बलेवा क्षेत्रमा भएका सम्भावना र यहाँ गर्न सकिने विकासका कारेमा पनि सल्लाह सुझाव दिएका थिए ।

सहभागिको प्रश्नमा नगर उपप्रमुख राजु खड्काले जवाफ दिँदै दब्लाङको पहिरोको निकासको बारेमा नगरपालिकाले बारम्बार विभिन्न निकायमा छलफल गरेको र बैकल्पीक निकासका बारेमा खोजी गरेको बताए । उनले यस क्षेत्रका नागरिकले पाएको सास्ती प्रति नगरपालिकाले चासो देखाएको र तत्काल कुनै निकासको खोजीमा रहेको बताए । उनले बलेवा क्षेत्रमा खानेपानी नपुगेका टोलमा तत्काल कसरी हुन्छ खानेपानीको व्यवस्थापन गर्नका लागि नगरपालिका लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नगरपालिकाबाट हुने हरेक सेवा प्रवाहलाई जवाफदेही ढंगले संचालन गर्ने बताए । उनले जनतालाई सवै सेवा सहज ढंगले प्रदान गर्ने उद्देश्यले सार्वजनिक सेवा प्रवाहमा मितव्ययीता अपनाएको बताए । उनले झण्डै ९० प्रतिशत योजना सम्झौता भै काम भएको हुँदा समयमा काम सम्पन्न गरेर फरफारक गर्नका निम्ती आम उपभोक्तालाई आग्रह गरेका थिए । उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजु लगायतका अप्ठ्या समयमा फुकाउन सकिने हुँदा अब सवै योजना समयमा नै सम्पन्न हुने बताएका थिए । सापकोटाले कुनै पनि सेवा लिँदा कर्मचारीबाट दुःख दिने काम भएमा तत्काल नगरप्रमुख उपप्रमुख वा प्रमुख प्रशासकिय अधिकृतलाई खबर गर्न सेवाग्राहीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका –१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले वडाबाट हुने कार्यसम्पादनमा कुनै कमिकमजोरी आउन नदिने बताएका थिए । नारायणस्थान क्षेत्रका विषयमा वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले जवाफ दिएका थिए ।

कार्यक्रममानगर शिक्षा अधिकृत धनप्रसाद पोखरेलले शिक्षा क्षेत्र, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले स्वास्थ्यका बारेमा नागरिकका प्रश्न जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रममा पैयुँपाटा, अमलाचौर, नारायणस्थानका नागरिकले नगरका क्रियाकलाप बारे प्रश्न उठाएका थिए । नगर उपप्रमुख प्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको स्वागत, अधिकृत आठौं युक्तप्रसाद सुवेदीको संचालन गरेका थिए । कार्यक्रममो सहजीकरण पत्रकार राम थापाले गरेका थिए भने कार्यक्रम माथि टिप्पणी पत्रकार विजय रानाले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *