उज्यालो देख्दैनन् मुस्ताङका कैदी-बन्दीले

अमृत बास्कुने, म्याग्दी
‘कारागार’ । ‘कारागार’ आफैमा निकै पीडादायक शब्द हो । यही शब्दलाई चरितार्थ गरेको छ हिमालपारीको जिल्ला मुस्ताङ कारागारले । राज्यको तथ्यलाई हेर्ने हो भने मुस्ताङ कारागारको क्षमता सहज तबरले २५ जना हो ।

तर, यहाँ २५ जना राख्नै मिल्दैन । यहाँ जम्मा दुई वटा कोठा छन् । यिनै दुई कोठामा १२ जना कैदीबन्दीहरु कष्टकर तबरले दैनिकी बिताइ रहेका छन् । बन्दीहरुलाई अदालतमा पेसी भएको दिनमा एवम् अन्यलाई जटिल प्रकारको स्वास्थ्य समस्या भएको खण्डमा बाहेक कोठाबाट बाहिरको संसार कैदीबन्दीले देख्नै पाउँदैनन् ।

दुई वटा कोठा र शौचालयको प्रयोग भित्रै छ अनि एउटा हटरुममा केही न्यानोका लागि बस्ने हो । सबै भवनको भित्रै हुन् बाहिरको वातावरण देख्न उनीहरुले कैद भुक्तानी गरी सकेपछि मात्रै पाउँछन् ।

कारागारको संरचना नै कमजोर र थोरै भएका कारण चाहेर पनि बाहिर निकाल्न नसकेको जेलर भनाई छ ।

कारागारमा रहेका १२ जना मध्ये सात जना कैदी र पाँच जना थुनुवा(वन्दी) रहेका छन् । दुई वटा कोठामा १२ जनालाई व्यवस्थापन गरीएको छ । जोमसोममा रहेको जिल्ला कारागार कार्यालयका निमित्त जेलर भगवानलाल साहलाई कैदिबन्दी व्यवस्थापन गर्न त मुस्कील छ भने अन्य थपिएको खण्डमा थप कठिनाइ हुने छ । कारागार २०३७ सालमा स्थापना भएको ढुंगा माटोले निर्मित कच्ची भवनको साँघुरो कोठामा अहिले १२ जना पुरुष कैदी बन्दी असहज रुपमा बसिरहेका छन् । जग्गा छ तर पूर्वाधार निर्माणका लागि ताकेता गर्दा पनि उचित सम्बोधन नहुँदा समस्या भएको जेलरको भनाई छ ।

कारागारमा भौतिक संरचना अत्यन्त न्यून रहेको साहले जानकारी दिनुभयो । उहाँले मुस्ताङ जिल्ला कारागारमा पूर्वाधारको कमीले गर्दा कैदी बन्दीलाई कोठाबाट बाहिर निकाल्न गाह्रो परेको बताउनुहुन्छ । दुई वटा कोठामा कैदी बन्दीलाई मिलाएर राखिएको भए पनि प्रयाप्त पूर्वाधार नहुँदा कैन्दी–बन्दीले सिपमुलक तालिम प्रदान गर्न तथा अर्थोपार्जनका काम गर्न नपाएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्