नयाँ वर्षको उपलक्ष्यमा फुटबल प्रतियोगिता


आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

आउँदै गरेको नयाँ वर्ष २०८० लाई स्वागत गर्ने हेतुले रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको प्रतियोगिता बैशाख १ गते सम्म संचालन हुने क्लवका अध्यक्ष सुनिल थापाले बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकासकालागि सरकार गम्भीर रहेको बताउनुभयो । सांसद भण्डारीले काम गरेपछि मात्र बोल्ने आफ्नो बानी भएको बताउँदै प्राथमिकता र आवश्यकता तय गरेर बजेट माग गर्न आग्रह गर्नुभयो ।

बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष यामबहादुर कार्कीले बगरफाँटका युवाहरुको अग्रसरतामा विशाल खेलमैदान निर्माण गरी ठूलो कार्यक्रम आयोजना गरेको भन्दै बजेट र सामथ्र्यले भ्याएसम्म खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद स्वस्थ जीवनका लागि मात्र होइन सभ्य र सुसंस्कृत समाज निर्माणका लागि पनि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रको विकासका लागि राज्यले आवश्यक लगानी गर्न सक्नुपर्छ भन्नुभयो ।

क्लवका अध्यक्ष सुनिल थापाको सभापतित्व, उपाध्यक्ष नारायण थापाको स्वागत र धु्रवसागर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभिन्न २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ५० हजार रुपियाँ नगदका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *