सोह्र श्राद्ध शुरु, कुन दिन कसको श्राद्ध ?

आदर्श अनलाइन

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदैछ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा सम्म गरिने सोह्र श्राद्ध तथा पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

‘कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ, औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नुहुन्छ, त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नुपर्छ, यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि ९मङ्सिर १ गते० मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ,’ गौतमले भने । तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पार्न नहुने पनि उनले बताए ।

के हो श्राद्ध ?

श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ। श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो ।

श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद गरिन्छ, उनीहरूप्रति सम्मान प्रकट गरिन्छ, श्रद्धान्जलि दिइन्छ, जसका कारण आज हामीले वर्तमान जीवन प्राप्त गर्न सकेका छौँ । श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तील, कुश, पानी तथा पन्चामृतको तर्पण दिइन्छ । तर्पण गर्नुको उद्देश्य आफ्ना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूको आशीर्वादका साथै उनीहरूको प्रसन्नताको कामना गर्छौं भन्ने भाव दर्शाउनु हुन्छ ।

हिन्दू धर्मको मान्यता अनुसार श्राद्ध पक्षमा सम्पूर्ण पूर्वजहरूको आत्मा आफ्ना परिवारजनको प्रसन्नता जान्नका लागि जागृत हुन्छ । यसकारण यो समयमा गरिने तर्पणबाट उनीहरू सीधै हाम्रो श्रद्धारूपी भावना एवम् उपहार स्वीकार गर्छन् र खुशीपूर्वक आशीर्वाद प्रदान गर्छन्, जसबाट हाम्रो जीवन उन्नति मार्गमा अघि बढ्छ ।

कुन दिन कसको श्राद्ध ?

श्राद्ध पक्षका १६ दिन अलग-अलग व्यक्तिको श्राद्ध सुनिश्चित गरिएको छ । विशेष गरि बाबु वा हजुरबुबाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्यतस् आफ्नो कुलका तीन पुस्ता अर्थात् बुबा, हजुरबुबा र बुढो हजुरबुबा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबा, बुढो हजुरबा र कुप्रो हजुरबालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ। तर्पण भने आफू शास्त्रले निर्देश गरेबमोजिम सबैलाई दिइन्छ। श्राद्ध पक्षको अन्तिम दिन सर्वपितृ अमावस्याका दिन मृत्यु तिथि ज्ञात नभएका सबै पूर्वजको श्राद्ध गर्न सकिन्छ ।

श्राद्ध विधान

श्राद्ध पक्ष वा पितृपक्षका १६ दिनमा ‘पितृ-आराधना’ का क्रममा श्राद्ध र तर्पण इत्यादि कर्म गरिन्छ ।

श्राद्ध पक्षमा पितृगणका निमित्त तर्पण एवं ब्राहृमण भोजन गराउने विधान छ। शास्त्रले ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवतास्’ अर्थात् देवता भावले प्रसन्न हुन्छन् भने पितृगण शुद्ध र उचित विधिबाट गरिएको श्राद्ध कर्मबाट प्रसन्न हुन्छन् भनेको छ। यो १६ दिने समयमा तर्पण एवं ब्राहृमण भोजन गर्ने गराउने कार्यले पितृ तृप्त हुन्छन् ।

मार्कण्डेय पुराणका अनुसार श्राद्ध पक्षका सबै दिन ‘पितृ स्तुति’ वा पितृ सूक्त पाठ गर्नाले पितृ प्रसन्न भएर आशीर्वाद प्रदान गर्छन् । श्राद्ध पक्षमा ‘कुतप’ कालमा नित्य तर्पण गर्नु पर्छ । पितृलाई तर्पण पितृ तीर्थ अर्थात् चोरी र बूढी औंलोको बीचबाट गर्नु पर्छ । श्राद्ध कर्म अनिवार्य हो तर त्योभन्दा महत्वपूर्ण जीवित अवस्थाका माता-पिताको सेवा गर्नु हो । जसले जीवित अवस्थामै माता-पितालाई सेवाले सन्तुष्ट पारेको छ उसलाई सदैव पितृहरूको आशीर्वाद प्राप्त हुन्छ ।

शास्त्रले भनेको छ- ‘वित्तं शाठ्यं न समाचरेत’ अर्थात् श्राद्धमा कन्जुसी गर्नु हुँदैन, आफ्ना सामर्थ्यबाट केही बढेर नै श्राद्ध कर्म गर्नुपर्छ ।

किन यही १६ दिन ?

पितृपक्ष पूणिर्मादेखि अमावस्यासम्म १६ दिनको हुन्छ। धर्मशास्त्रहरूका अनुसार प्रत्येकको मृत्यु यी १६ तिथि बाहेक अन्य कुनै दिन हुँदैन। यसकारण श्राद्ध पक्ष १६ दिनकै हुन्छ ।

यही समयमा श्राद्ध हुनुको एक मनौवैज्ञानिक पक्ष के छ भने यो अवधिमा हामी आफ्ना पितृहरू समक्ष श्रद्धा भाव पठाउँछौँ। यो पक्ष वर्षाकाल सकिए लगत्तै आउने हुँदा आकाश निर्मल हुन्छ, जसका कारण हाम्रो संवेदना एवं प्रार्थना आवागमन हुनका लागि मार्ग सुलभ हुन्छ।

ज्योतिष र धर्मशास्त्रको भनाइमा पितृहरूका लागि यो समय किन पनि श्रेष्ठ मानिएको हो भने यो समय सूर्य कन्या राशिमा रहन्छ जुन ज्योतिष गणनाले हेर्दा पितृहरूको अनुकूल हुन्छ ।

यो पक्षमा पनि केही विशेष दिन छन् । सौभाग्यवती स्त्रीको मृत्यु भएमा उनको श्राद्ध नवमी तिथिमा गर्नु पर्छ। यो तिथिलाई अविधवा नवमी मानिएको छ । पूर्वीय दर्शनमा नौको संख्या शुभ मानिन्छ ।

सन्यासीहरूको श्राद्ध तिथि द्वादशीलाई मानिन्छ । हातहतियारद्वारा मारिएका मानिसको तिथि चतुर्दशी मानिएको छ ।

हरेक तिथिको अलग महत्व

जसले पूणिर्माका दिन श्राद्ध गर्छ उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्र-पौत्रादि एवं ऐश्वर्य वृद्धि हुन्छ । साथै उसले यो पर्वको पूर्ण फल भोग गर्न पाउँछ । प्रतिपदा धन सम्पत्तिका लागि निर्दिष्ट छ, यो दिन श्राद्ध गर्नेवालाको प्राप्त वस्तु नष्ट हुँदैन ।

द्वितियाको दिन श्राद्ध गर्ने व्यक्ति राजा समान हुन्छ । उत्तम अर्थको प्राप्ति तथा शत्रु र पाप नाशको चाहना गर्नेले तृतीयाको दिन श्राद्ध गर्नुपर्छ । पन्चमी तिथिका दिन श्राद्ध गर्दा उत्तम लक्ष्मी प्राप्ति हुन्छ । षष्ठी तिथिका दिन श्राद्ध कर्म सम्पन्न गर्ने व्यक्ति देवताद्वारा पुजिन योग्य हुन्छ ।

सप्तमी तिथिका दिन श्राद्ध गर्नेलाई महान यज्ञको पुण्यफल प्राप्त हुन्छ भने ऊ गणको स्वामी बन्न सक्छ । अष्टमीका दिन श्राद्ध गर्ने व्यक्तिले सम्पूर्ण समृद्धि प्राप्त गर्छ । नवमी तिथिमा श्राद्ध गर्नेले प्रचुर ऐश्वर्य एवं मन अनुकूलकी श्रीमती प्राप्त गर्छ । दशमी तिथिमा श्राद्ध गर्ने मानिसले ब्रहृमत्व लक्ष्मी प्राप्त गर्छ । एकादशीका दिन गरिने श्राद्ध सर्वश्रेष्ठ दान हो । यसबाट समस्त वेदको ज्ञान प्राप्त हुनुका साथै कर्ताको सम्पूर्ण पापकर्म विनाश हुन्छ र निरन्तर ऐश्वर्य प्राप्ति हुन्छ ।

द्वादशी तिथिमा श्राद्ध गर्दा राष्ट्र कल्याण तथा प्रचुर अन्न प्राप्ति हुने कुरा बताएको छ । त्रयोदशीका दिन गरिने श्राद्धबाट सन्तति, बुद्धि, धारणाशक्ति, स्वतन्त्रता, उत्तम पुष्टि, दीर्घायु तथा ऐश्वर्य प्राप्ति हुन्छ ।

श्राद्ध पक्षमा कसरी पुग्छ पितृहरूको भोजन ?

पुराणहरूका अनुसार यमलोक मृत्युलोकको माथि दक्षिणतर्फ ८६००० योजनको दूरीमा मानिएको छ । एक लाख योजनमा फैलिएको यमपुरी वा पितृलोकको उल्लेख गरूड पुराण र कठोपनिषदमा पाइन्छ ।

भनिन्छ, शरीर मरेपछि आत्माहरू पितृलोकमा १ देखि १०० वर्षसम्म मृत्यु एवं पुनर्जन्मको मध्य स्थितिमा रहन्छन् । पितृहरूको निवास चन्ऽमाको उर्ध्व ९माथिल्लो० भाग मानिएको छ।

कसरी तल आउँछन् पितृ ?

सूर्यका सहस्र किरणहरूमध्ये जो सबभन्दा प्रमुख छ त्यसको नाम ‘अर्यमा’ हो । उक्त अर्यमा नामक प्रधान किरणको तेजबाट सूर्यले त्रैलोक्य प्रकाशमान तुल्याउँछ । सोही अमामा तिथि विशेषको वस्य अर्थात् चन्ऽमाको भ्रमण हुन्छ तब उक्त किरणको माध्यमबाट चन्ऽमाको उर्ध्वभागदेखि पितृहरू धरतीमा आउँछन् ।

यसै कारण श्राद्ध पक्षमा अमावस्या तिथिको ठूलो महत्व छ । अमावस्यासँगै मन्वादि तिथि, संक्रान्तिकाल व्यतिपात, गजच्दाया, चन्ऽग्रहण तथा सूर्यग्रहण यी समस्त तिथि(वारमा पनि पितृहरूको तृप्तिका लागि श्राद्ध गर्न सकिन्छ ।

पितृहरूसम्म भोजन कसरी पुग्छ ?

जसरी पशुहरूको भोजन तृण र मानिसको भोजन अन्नलाई मानिन्छ त्यसरी नै देवता र पितृहरूको भोजन अन्नको सार तत्वलाई मानिन्छ । सार तत्व अर्थात् गन्ध, रस र ऊष्मा ।

देवता र पितृ गन्ध तथा रस तत्वबाट तृप्त हुन्छन् । यद्यपि दुवैका लागि अलग(अलग प्रकारका गन्ध एवं रस तत्त्वको निर्माण गरिन्छ। विशेष वैदिक मन्त्रद्वारा विशेष प्रकारका गन्ध र रस तत्व नै पितृसम्म पुग्छ ।

धुपौरोमा घिउ तथा धूपीको धूप हालेर गन्ध निर्मित गरिन्छ। त्यसै गरी विशेष अन्न अर्पित गरिन्छ । तिल, अक्षता, कुश र जलका साथ तर्पण तथा पिण्डदान गरिन्छ । देव तीर्थ अर्थात् माझी औँलाबाट देवता वा विश्वेदेव, मनुष्य तीर्थ अर्थात् कान्छी औँलाबाट दिव्य मनुष्य तथा पितृ तीर्थ अर्थात् बूढी औँलाबाट पितृहरूलाई जल अर्पण गरिन्छ ।

पितृ तथा देव योनिकाहरू निकै टाढाका कुरा सुन्दछन्, कतै टाढा गरिएको पूजा(अन्न पनि ग्रहण गर्छन् भने स्तुतिबाट सन्तुष्ट पनि हुन्छन् । यस बाहेक यी भूत, भविष्य र वर्तमानका कुरा जान्दछन् भने सर्वत्र पुग्न सक्छन् ।

मृत्युलोकमा गरिएको श्राद्धले तिनै मानव पितृहरूलाई तृप्त पार्छ, जो पितृलोकको यात्रामा छन् । उनीहरू तृप्त भएर श्राद्धकर्ताका पूर्वजहरू जहाँ र जुन स्थितिमा भए पनि गएर तृप्त पार्छन् ।

यसकारण श्राद्धपक्षमा पितृहरूलाई पिण्डदान र तर्पण गरेर आफन्त एवं बन्धुवबन्धुवर्गादिलाई भोजन गराउनु पर्छ। श्राद्ध ग्रहण गर्ने नित्य पितृले श्राद्धकर्ताहरूलाई श्रेष्ठ वरदान दिन्छन् ।

१६ दिन शुभ कार्य किन हुँदैन ?

श्राद्धपक्षको सम्बन्ध मृत्युसँग छ यसकारण यो अवधिलाई अशुभ काल मानिन्छ । जसरी हामी परिजनको मृत्युपश्चात शोकाकुल अवधिमा रहन्छौँ र आफ्नाअन्य शुभ, नियमित, मंगल, व्यावसायिक कार्यलाई विराम दिन्छौँ, त्यही भाव पितृपक्षसंग जोडिएको छ ।

यो १६ दिनको अवधिमा हामी पितृसँग र पितृ हामीसँग जोडिएका हुन्छन् । अतस् अन्य शुभ(मांगलिक कार्य नगरेर हामी पितृहरूप्रति पूरा सम्मान र एकाग्रता बनाइराख्छौँ ।

श्राद्धमा गाई, कुकुर र कागको महत्व

श्राद्ध पक्षमा पितृ, ब्राहृमण र आफन्तका अतिरिक्त पितृका निमित्त गाई, कुकुर र कागका लागि खानेकुरा छुट्याउने परम्परा छ। गाईको शरीरमा देवताहरूको वास हुने भएकाले गाईको महत्व छ।

कुकुर र काग पितृका वाहक हुन्। पितृपक्ष अशुभ हुने भएका कारण जुठो खानेहरूलाई ग्रास ९गाँस० छुट्याउने विधान छ। कुकुर र कागमा एक भूमिचर हो भने अर्को आकाशचर। दुवै गृहस्थहरूको नजिक र सबैतिर पाइन्छ । कुकुरले नजिक रहेर सुरक्षा प्रदान गर्छ र यो निष्ठावान पनि हुन्छ तसर्थ यसलाई पितृको प्रतीक मानिन्छ । काग गृहस्थ र पितृका बीच श्राद्धमा दिइएको पिण्ड र जलको वाहक मानिन्छ ।

श्राद्धको दिन गरिन्छ प्रार्थना

पितृहरूको ऋण चुकाउन एक जन्ममा त सम्भव नै छैन तसर्थ उनीहरूले संसार छोडेर गैसकेपछि पनि श्राद्ध गरेर उनीहरूको ऋण चुकाउने परम्परा छ। श्राद्ध गरेर हामीले जे कुरा दिने संकल्प लिन्छौँ त्यो हाम्रा पूर्वजहरूलाई अवश्य प्राप्त हुन्छ।

यसकारण ‘हे प्रभु १ मैले आफ्ना हात तपाईंका अघिल्तिर फैलाइदिएको छु, म आफ्ना पितृहरूको मुक्तिका लागि तपाईंसँग प्रार्थना गर्दछु, मेरा पितृहरू मेरो श्रद्धा भक्तिबाट सन्तुष्ट होऊन् ।’ भनेर प्रार्थना गर्दा पितृ ऋणबाट मुक्ति मिल्छ।

यी १६ कारणबाट लाग्छ पितृ दोष, कसरी हुन्छ त पितृ दोष ?

आफू र आफ्नो परिवार सुखी एवं सम्पन्न होऊन् भन्ने इच्छा प्रत्येक मानिसमा हुन्छ । यस्तो इच्छा पूरा गर्नका लागि देवताका साथसाथै आफ्ना पितृहरूको पनि पूजन गर्नु अनिवार्य मानिन्छ । मानिसले आफ्ना जीवनमा थुप्रै उतार(चढावको अनुभव गर्छ । यद्यपि केही कष्ट एवं अभाव त्यस्ता हुन्छन् जसलाई सहन गर्नु लगभग असम्भव हुन्छ । ज्योतिषी, वास्तुशास्त्री, तान्त्रिक, मान्त्रिक आदिले जे जे कारण बताउँछन्, तिनलाई निर्मूल गर्नका लागि जे जे प्रयास गरिन्छ त्यसबाट फाइदा कहिले अलिकति पनि हुँदैन, कहिले आंशिक तथा कहिले पूर्ण रूपले प्राप्त हुन्छ। तीमध्ये एक हो पितृ शान्ति ।

– पितृहरूको विधिवत् संस्कार, श्राद्ध नहुनु ।

-पितृहरूको विस्मृति या अपमान ।

-धर्म विरुद्ध आचरण ।

(वृक्ष, फल लागेको बोट, पीपल, वर इत्यादि काट्नु( कटाउनु ।

-नागको हत्या गर्नु, गराउनु वा उसको मृत्युको कारण बन्नु ।

-गौहत्या वा गाईको अपमान गर्नु ।

-नदी, कुवा, तलाउ वा पवित्र स्थानमा मल(मूत्र विसर्जन ।

-कुल देवता, देवी इत्यादिको विस्मृति वा अपमान ।

-पवित्र स्थलमा गलत कार्य गर्नु ।

-पूणिर्मा, अमावस्या वा पवित्र तिथिमा सम्भोग गर्नु ।

-पूज्य महिलासँग सहवास गर्नु ।

-पराई महिलासँग यौन सम्बन्ध राख्नु ।

-गर्भपात गर्नु वा कुनै जीवको हत्या गर्नु ।

-कुलका महिला अमर्यादित हुनु ।

-पूज्य व्यक्तिलाई अपमान गर्नु आदि ।

श्राद्धका प्रमुख प्रकार

नित्य: यो श्राद्धका दिन मृतकको निधन तिथिमा गरिन्छ ।

नैमित्तिक- कुनै विशेष पारिवारिक उत्सव पुत्रजन्म, विवाह आदिमा मृतकलाई याद गर्न गरिन्छ। यसलाई नान्दिमुख श्राद्ध भनिन्छ।

काम्य: यो श्राद्ध कुनै विशेष कामना पूरा गर्न कृत्तिका या रोहिणी नक्षत्रमा गरिन्छ ।

कसले गर्ने श्राद्ध, श्राद्धका अधिकारी को हुन्छन् ?

आफ्नो परिवारको कल्याणका लागि पितृहरूलाई श्रद्धापूर्वक तर्पण गर्नुपर्छ । उनीहरूलाई सम्मानपूर्वक तर्पण प्राप्त भयो भने गृहस्थ वंशजलाई सुख(समृद्धिको आशीर्वाद दिन्छन् तर उनीहरूलाई केही प्राप्त भएँ भने उनीहरू निराश भई श्राप दिएर र्फकन्छन् ।

शास्त्रका अनुसार श्राद्धका अधिकारी छोरा हुन्छन्। छोरा नभए श्रीमतीले श्राद्ध गर्न सक्छन् । श्रीमती पनि नभए सहोदर दाजुभाइले गर्न सक्छन् । एकभन्दा बढी छोरा भए जेठो छोरो श्राद्धको अधिकारी हुन्छ । छोरीको श्रीमान् वा छोरो पनि श्राद्धको अधिकारी हुन्छ। छोरा नभए नाति वा पनातिले पनि श्राद्ध गर्न सक्छन्।

छोरा, नाति वा पनाति नभए एकल महिलाले श्राद्ध गर्न सक्छिन् । श्रीमतीको श्राद्ध श्रीमानले छोरा छैन भने मात्र गर्न मिल्छ । छोरा, नाति, पनाति वा छोरीको छोरो नभए भतीजाले पनि श्राद्ध गर्न सक्छ । धर्मपुत्रलाई पनि श्राद्धको अधिकारी मानिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *