वडाको सहयोगमा निःशुल्क लोक सेवा तयारी कक्षा


–आदर्श अनलाइन, बागलुङ
यहाँको एक पालिकाको वडाले युवाहरुलाई लोकसेवा तर्फ आकर्षति गर्नका लागि निःशुल्क लोक सेवा तयारी कक्षा थालेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले वडाभित्रका विद्यार्थीलाई निःशुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन थालेको वडा कार्यालयले जनाएको छ ।

धम्जा वडा कार्यालले वडा भित्रका २० जना युवा युवतीलाई बागलुङ सदरमुकाममा लोक सेवा तयारी कक्षा सञ्चालन गर्न थालेको वडा अध्यक्ष कुल बहादुर बिकले जानकारी दिनुभयो ।
वडाध्यक्ष कुलबहादुर विकका अनुसार वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि आफूहरूले निःशुल्क तयारी कक्षा सञ्चालन गर्न थालेको र आगमी वर्ष समेत उक्त कार्यक्रमलाई निरनतरता दिने बताउनुभयो ।

वडा अध्यक्ष बिकका अनुसार सुरुमा २० जना युवालाई सदरमुकाममा राखेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउन थालिएको हो । “गाउँमा विदशे पलायनको मात्रै परम्परा छ, लोक सोवप्रति हाम्रो ध्यान छैन, यो कक्षाले सरकारी सेवाको विषयमा र महत्वलाई दर्शाउनेछ” अध्यक्ष बिकले भन्नुभयो “लोक सेवा तयारी कक्षाहरुले सक्षम नागरिक उत्पादन गर्नका लागि वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।”

धम्जा गाउँमा लोकसेवा पास गरेर सरकारी सेवामा रहेकाहरु नगन्य भएकाले त्यसतर्फ युवाहरुलाई आकर्षीत गराउनका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको उहाँको भनाई छ ।

अध्यक्ष बिकले आफ्नै खर्चमा तीन जना र बाँकी १७ जनालाई वडाबाट आवश्यक रकम व्यवस्था गर्ने गरी लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने गरी निजि क्षेत्रसंग सहकार्य गरिएको हो । एक महिना बढी समय सदरमुकाममा राखेर पढाउनका लागि दुई लाख रकम छुट्याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *