कुँडुलेमा स्कुल बस दुर्घटना

आदर्श अनलाइन, बागलुङ
बागलुङको कुँडुलेमा स्कुल बस दुर्घटनामा परेको छ । बागलुङ नगरपालिका–४ तिरुपतीचोकमा शनिबार राति १२ बजे चालकले मदिरा सेवन गरि बस चलाउँदा लहरेपिपल माविको ग १ झ १८७ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । चालक गलकोट नगरपालिका–२ नरेठाटीका ३१ वर्षीय अर्जुन खत्रीलाई नियन्त्रणमा लिएको उहाँको भनाई छ । बागलुङदेखि पञ्चकोट जाँदै गर्दा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *