पर्यटन प्रर्बद्धनका लागि गाजा दह–बेलढुङ्गा पदयात्रा


आदर्श अनलाइन, बागलुङ
यहाँको दुई पर्यटकीय गन्तव्यलाई जोडर मदमार्गका लागि उत्कृष्ट गन्तव्य बनाउनका लागि यहाँका स्थानीहरुले प्रर्बद्धनात्मक काम थालेका छन् ।

नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यमा सुचिकृत गाजाको दह देखि घोडाँबाधे हुँदै पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यको रुपामा विकास भइरहेको बेलढुङ्गा सम्म नयाँ वर्षको अवसरमा पदयात्रा गरिएको छ ।

गाजाको दह हुँदै घोडाबाँधे देखि बेलढुङ्गालाई धौलागिरी चक्रिय पदमार्गको नयाँ गन्तव्य बनाउनेगरी नयाँ वर्षको अवसरमा गाजाको दहदेखि बेलढुङ्गा सम्म पदयात्रा गरिएको पर्यटन अभियान्ता खिमानन्द कंडेलले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारका लागि नयाँ वर्षको अवसरमा पयएटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयको सक्रियतामा गाजा दह, हलहले, सिलकोट हुँदै बेलढुङ्गा सम्म पदयात्रा गरिएको पर्यटन अभियान्ता खिमानन्द कंडेलले जानकारी दिनुभयो ।

“पर्यटनको विकासका लागि प्रचार प्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचार प्रसारका कारण वेलढुङ्गामा पर्यटकहरु बढेका छन्, तर एक स्थानमा आएका पर्यटकहलाई अर्को स्थानमा लैजान सकिएको छैन” कंडेलले भन्नुभयो “गाजा दहलाई बेलढुङ्गा सम्म जोड्ने र घोडाँबाधेलाई ग्लोबल कल्चर भ्यालीको रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो, पद यात्रासंगै घोडाँबाधे, बेलढुङ्गा लगायतको स्थानमा पर्यटकीय स्थलको विकासका लागि गर्न सकिने कामका विषमया अन्तरक्रिर्या गरिएको छ ।”

पदयात्रामा एक सय भन्दा बढीको सहभागीता रहेको थियो । पदयात्रामा स्थानीय पालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्ष तथा पर्यटन अभियान्ताहरु सहभागी रहेको थियो । गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आयोजनामा गरिएको पदयात्रामा पर्यटन अभियान्ता खिमानन्द कंडेलले संयोजन गर्नुभएको थियो । पदयात्राकै क्रममा पदयात्रीहरु सहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाँबाधेमा ११९८ देशको राष्ट्रिय झण्डा फरपराएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *