प्रवन्धक शर्मा प्रहरी नियन्त्रणमा


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक हिमाल प्रसाद शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतबार साँझ बागलुङ नगरपालिका–३ सुल्डाँडा स्थित पानी प्रशाेधन केन्द्रबाट प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजाराम खड्काले जानकारी दिनुभयो ।

नखर खानेपानीका कर्मचारीमाथी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाई छ ।

“अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ, अनुसन्धानका लागि पीडित पक्षलाई बोलाइएको छ, पीडित पक्षले जाहेरी दिनुभएको छैन” खड्काले भन्नुभयो “घटनाको विषयमा अनुसन्धान भइरहेकाले छ, कानून अनुसार प्रहरी अगाढी बढ्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *