पर्यटकीय स्थल समेटिएको क्यालेन्डर सार्वजनिक


आदर्श अनलाइन, बागलुङ

होटल व्यवसायी संघ बागलुङले जिल्लाका पर्यटकीय गन्तव्यहरुलाई समेटेर नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ ।

जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य सहित पुराना सम्पदाहरु समेटिएको नयाँ वर्ष २०८० सालको क्यालेन्डर निर्माण गरेको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।

पर्यटकीय स्थलको जानकारी सहित पर्यटन पर्बद्धनका लागि बनाइएको क्यालेन्डर पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख गोमा देवि शर्माले सार्वजनिक गर्नुभएको थियो । उहाँले बागलुङको पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचार प्रसारमा क्यालेन्डर महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समय फष्टाउदै गएको बागलुङको होटल व्यवसायलाई थप प्रर्बद्धन गर्न क्यालेन्डर निकालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *