बागलुङको प्रहरी कार्यालयमा बाल निगरानी कक्ष स्थापना

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङमा बाल निगरानी कक्ष स्थापना गरिएको छ ।

बाल निगरानी कक्षको बिहिबार एक समारोहका बीच जिल्ला अदालत बागलुङका न्यायाधिश बासुदेव न्यौपानेले उद्घाटन गर्नुभयो ।

बाल निगरानी कक्ष स्थापना पछि जान अञ्जानमा बालबालिका आपराधिक घटनामा संलग्न भए उनीहरुलाई सुरक्षित रुपमा राखेर सुधार गर्नका लागि सहज हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

बाल निगरानी कक्षको उद्घाटन पछि बोल्दै जिल्ला न्यायाधिश न्यौपानेले बागलुङमा धेरै पहिलेदेखि यसको आवश्यकता खड्एिको र ढिलै भए पनि यसरी निर्माण हुनु सकरात्मक र सुखद बिषय भएको बताउनुभयो । जिल्लामा आपराधिक घटनामा संलग्न भएका बालबालिकाका अभिभावकहरुले उनीहरुलाई केही समय प्रहरी कार्यालयमा राखेर सुधार गर्नको लागि आग्रह गरेको भन्दै अब यसको स्थापनापछि केही सहजता हुने उहाँको भनाई छ ।

बालबालिकालाई अन्य ठूला व्यक्तिहरुसँग राख्दा बाल संवेदनशिलता र बाल मनोविज्ञानमा नकरात्मक असर पर्ने भएकाले छुट्टै कक्षको आवश्यकता महुशुस गरेर बाल निगरानी कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *