वीरशाली पन्तको स्मृतिमा पाँच लाखको कोष स्थापना


आदर्श अनलाइन, बागलुङ
साहित्यको ईतिहासमा प्राथमिककालिन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु. पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्य भन्दा पहिले जन्मीनुभएका कवि पन्तको एतिहासिक महत्व लाई जिवन्त बनाउने उदेश्यले अक्षयकोष स्थापना गरिएको हो ।

कोष संचालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा ७ सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ । प्रत्यक बर्ष राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई २५ हजार नगद सहित विरशाली पन्त गौरवमय पुरस्कार गर्ने निर्णय भएको छ ।

कोषको उपाध्यक्षमा शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उपप्राध्यापक हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोबिन्द गौतम रहनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ र पन्त समाज बागलुङका अध्यक्ष तथा गुप्तेश्वरी बुहमुखी क्याम्प प्रमुख ज्ञानेन्द्र पन्त रहनुभएको छ ।

कोषको संचालनका लागि बागलुङ नगरपालिका बाट ५ लाख कोषको नाममा जम्मा गरिएको अध्यक्ष प्राज्ञ प्रेम छोटाले जानकारी दिनुभयो । सो कोषको व्याजबाट बर्षेनी प्रदान गरिने पुरस्कार सम्मान र मुलधनको बृद्धिको आधारमा पुरस्कारको राशिमा पनि बृद्धि गदै लैजाने उदेश्य रहेको बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *