एमालेले बागलुङका मोहनलाल शर्मा सहित १४ योद्धालाई सम्मान गर्ने

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले पार्टी स्थापना दिवसका अवसरमा बागलुङका मोहनलाल शर्मा सहित १४ योद्धालाई आज सम्मान गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ७५ वर्ष पुगेका पार्टीका योद्धाहरुलाई सम्मान गर्न लागेको हो । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

पार्टीलाई भूमिगत कालमा सेल्टर दिएका, विविध किसिमले योगदान दिएका नेताहरुलाई जिल्ला र प्रदेश कमिटिको सिफारिसमा सम्मान गर्न लागिएको हो ।

केन्द्रीय कार्यालयले दिको जानकारी अनुसार सम्मानितत हुनेहरुमा बागलुङका मोहनलाल शर्मा सहित स्याङ्जाका कृष्ण अधिकारी, चितवनका छविलाल आचार्य, कैलालीका जीवन राई, मोरङका टेक बहादुर राई, होटीका डिल्लीराज भट्ट, काभ्रेका दिल बहादुर श्रेष्ठ, सुनसरीका दलु छायाँ हुनुहुन्छ ।

यसैगरी धनुषाका निरशन पासवान सुर्खेतका बालकृष्ठ बिसी र बालाराम शर्मा, अर्घाखाचीका लिलामणी ढुंगाना, सिराहाका शिवदयाल विश्वकर्मा र गुल्मीका हरिप्रसाद ज्ञवालीलाई सम्मान गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *