यदी ढोरपाटन डुब्यो भने…

नवीन विभास

हेऽऽऽ ढोरचौरमा सिकार खेल्ने रामजाली रोका, स्यानीमाय
हेऽऽऽ बैरागीको मन बुझाउने खोल्देऊ मनको ढोका, स्यानीमाय
९दिलसरी–दलबहादुर पुनःकृत रोल्पाली रैथाने गीति अल्बम ‘बरै’को स्यानीमाय ०

उनै मासमा, कति बयान्नेका सिकारी थिए होला, जोसानियाय भाकाको गीत गेडा भएर लोकमनमा रामजाली रोका फल्यो रु भन्नुस् त, वारिपारिका ८–१० गाउँमा नचिनिई रामजाली रोकाको नाउँमा गीत फल फल्यो होला त रु

धौलासिरी ९पश्चिमतिर भनिने धवलागिरिको नाउँ० हिमशृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङमा फैलिएको हिमाली सुन्दर उपत्यका । अठार मगरातका खामभाषीले नाउँ दिएथे, ढोर । सरकारी लिखतमा पाटन थपिएपछि भनियो– ढोरपाटन ।

झन्डै अढाई हजारदेखि साढे पाँच हजार मिटरसम्मको उचाइमा अवस्थित ढोरको उत्तरमा अंगरक्षकजसरी पुथा, चुरेन र गुर्जा हिमाल ठिंग उभिएका छन् ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरमा सिकार खेल्न ‘पैसा र लाइसेन्स’ चाहिन्छ । रामजाली रोकाजस्ता सर्वसाधारणले ढोरमा सिकार खेलेको अचेल गीतमा मात्र सुन्न, देख्न र हेर्न पाइन्छ ।

राजा वीरेन्द्र ढोरमा सिकार खेल्ने भनेपछि गरिएको ‘तयारी किस्सा’ आरक्ष कर्मचारी एवं स्थानीय धनबहादुर अदै९६७० ले कहँदै थिए, ‘राजा सिकार खेल्न आउने भनेर आरक्षले मलाई तीन महिना त नाउरको पछि लगायो । राजा आएनन् । थाहा भयो, बहुदल ९२०४६० आएकाले रोकिए ।’

रोल्पाको रामजाकोटबाट छरिएका अठार मगरातका मगर थिए, रामजाली । ती कति पुन थिए कति बुढा कति घर्ती । नाउर, हिमचितुवा, चित्तल, झारल, थार, घोरल, भालु, बँदेल, लंगुर, रेडपाण्डा, कस्तुरीलगायत वन्यजन्तुका पुख्र्यौली थलो हो, ढोर । ढोरका रैथाने जनावरमध्ये नाउर र रेडपाण्डा अन्यत्र बिरलै छन् । भन्छन्, ‘रेडपाण्डा संरक्षणको प्राथमिक सूचीमा छ । हिमचितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लंगुरलगायत लोपोन्मुख वन्यजन्तु सिकार गर्न निषेध छ ।’
०००

चैत लागेपछि ढोर नझरी हिउँले मास्तिरै थकाइ माथ्र्यो । जेठ १ गते ढोर उपत्यकाका स्थानीय किसान वस्तुभाउ लिएर एक दिन पैदल उकालिँदै खर्क पुग्थे । ती थिए– धुप, स्याचुङ, सातवन, लामेला, दहखर्क, मुर्चुला, डाथरी, पोखरी, ठुल्मेला, सुर्केमेला, पोल्थरी आदि अलग–अलग चरन क्षेत्र ।

रोल्पा, म्याग्दी, बाग्लुङ र रुकुम ९पूर्व०बाट उकालिएका बगालका बगाल बस्तुभाउले स्थानीय र वन्यजन्तुसँग बाजी लाग्दै ढोरको समथर मैदानका घाँसलाई चुम्थे । र, वेलावेलामा तिनका आँखा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लालीगुराँस, ठिँग्रे सल्ला, सिन्दुर, धुपी तथा देबदारुसँग जुध्थे ।

कतै हिमाली घाँसे मैदान–मैदान थिए त कतै दिनमै अँध्यारो हुने घना जंगल । तिनै घना जंगलमा वास बसेकी थिइन्, थबाङकी कमरेड फूलमाया । त्यसवेला फूलमाया ‘माओवादी रोप्न’ बाग्लुङ पुगेकी थिइन् ।

ड्युटी थियो, खाना पकाउने ठुल्ठूला भाँडाकुँडा र खानेकुराले भरिएका बोरा रुँङ्ने । ती चिज घना जंगलमा केही दिनअघि मात्र खच्चरले लगेका थिए ।
दुई वर्षकी छोरीसँग जंगलमा फूलमायाले आफूलाई मुस्किलले थामिन् । सकससाथ जंगलमा बितेको सातौँ दिनमा भने ‘कमरेड फूलमायाका आँखा’ चकित भए ।

फूलमाया सम्झँदै थिइन्, ‘लालसेनाको लस्कर लाग्यो । यस्तो लाग्थ्यो, अघिल्लो लस्कर बेनी पुग्दा पछिल्लो लस्करका कमरेड त बल्ल ढोरमा हिँड्दै छन् ।’
फूलमायालाई चकित पार्ने लालसेना लस्कर रुकुमको लुकुमबाट ढोर पुगेको थियो । ‘प्रतिक्रियावादी राज्यसत्ताको किल्लामा धाबा बोल्न’ माओवादी लालसेना निसेलढोरबाट रातारात म्याग्दी सदरमुकाम बेनी हिँडेको थियो ।

कर्णालीबाट ढोरको बाटो भएर पूर्व लागेको खस–आर्य लस्कर पनि सायदै यति ठूलो हुँदो हो १ भनिन्छ, कर्णालीबाट ढोर भएर खस–आर्य कालीगण्डकी हुँदै नेपालको पूर्वी भागमा छरिए ।

लेखक एवं जनमुक्ति सेनाका बटालियन कमान्डर अजयशक्ति सुनाउँदै थिए, ‘बेनी हानेर ढोर भएरै रोल्पा–रुकुम फर्केका थियौँ । पश्चिम ब्रिगेड र घाइतेको ठूलो समूह ढोरको स्यालपाखे हुँदै रुकुम हुकाम–मैकोट पुगेको थियो भने विशेष क्षेत्रको लालसेना उत्तरगंगाबाट बोबाङ, निसी र भुजी हुँदै रोल्पाको थबाङ ।’

उनी भन्छन्, ‘जैविक सम्पदाको खानी ढोरमा मात्रै झन्डै दुई सय थरी दुर्लभ वनस्पति पाइन्छन् । र, झन्डै तीन दर्जन थरी स्तनधारी वन्यजन्तु र झन्डै डेढ सय प्रजातिका चरा । तिनीहरूसँग गोठाला र बस्तुभाउ ढोरको रैथाने लोकगीत यानीमायमा दोहोरी गाउँथे ।

भेडा–बाख्रा, घोडा–खच्चर, गाई–भैंसीका गीतले गला गाँसेपछि घरी बयली खेल्दै कुहिरो तल पुग्थ्यो त घरी उडेर माथि–माथि । बस्तुभाउका घाँटीमा तुर्लुङ्ग झुन्डिएका कोलो लय कोकलसारे स्वरमा गोठाले सुसेली खापिएपछिका के कुरा १

रंगिन फूल फुल्ने घाँसे मैदानमा तन्नेरी बस्तुभाउ जोडी बाँधेर बेतोडले बत्तिन्थे । कुनै जमानामा भाषाविद् डेविट वाटर ढोरको घाँसे मैदानमा मोटरसाइकल कुदाउँथे । वाटरको मोटरसाइकल ‘अप्ठेरो ठाउँमा चार–पाँचजनाले बोकेको’ स्मरण गर्दै तकसेराका पाकाहरूले भन्थे, ‘कुइरेले खुबै गफ दिन्थ्यो नि– सजिला बाटोमा यसले ९मोटरसाइकल० मलाई बोक्छ, अप्ठेरामा मैले यसलाई बोक्छु ।’

रुकुम तकसेरामा खाम भाषा अध्ययन गरेका वाटरले ‘खाम भाषाको शब्दकोश’मात्र लेखेनन्, भाषा विज्ञानको दुनियाँका बिरलै नाउँमा आफ्नो नाउँसमेत लेखाए ।
पोसिलो घाँसले वस्तुभाउका दूध वृद्धि ‘डबल डिजिट’मा हुन्थ्यो । बुकी लागेपछि वस्तुभाउ चिल्लाचापिल्ला हुन्थे । भन्थे, ‘तम्रो भैँसी त आङमा माखा लर्कने गरी मोटाएछ । होइन, बड्डा १ बुकी च(या हो रु’

वस्तुभाउका मूल्य कसीकसाउ गरेका गोठाला स्वर उकालिन्थे, ‘यत्तिमा दिया दिई हो, सुपारी काइँला । बुकी चरेको पो हो त, बड्डा १ त्यस्सै ।’ भेडाऊनको काम्लो बुन्थे भने बाख्राऊनको फेरे । दूधबाट घिउ बनाउँथे । घिउ बेच्थे । काम्लो र फेरे बेच्थे । गाई–भैंसीका घिउका के कुरा १ वस्तुभाउका साना हुल ढोरमै बस्थे । ठूला हुल भने ढोरको बाटो हुँदै नयाँवन, फलेभरजस्ता अझ मास्तिरका पाटन पुग्थे । कति माउ पाटनबाट आफ्नो पछिपछि बच्चा लिएर ओर्लन्थे त कतिले पेटमा बोकेर ।
०००

घाँसे मैदानमै गोठ थिए । रात या दिन जारे कुकुरको ह्वाङह्वाङ ‘(याप’मा लहरिँदै मादलको बाटो भएर रैथाने गीत माया भएर फुल्थे । ती ‘बरै, यानीमाय, नानी लै, स्यानीमाय, फाँक’ थिए । ‘ढोरपाटन बचाऊ’ अभियन्ता ज्ञापनपत्रमा लेख्छन्– चरिचरनको अभिन्न अंग गोठ ढोरमा मात्रै लगभग १५ सयभन्दा बढी त स्थायी प्रकृतिका थिए । अस्थायी गोठका के कुरा १

ढोरचरन चौपट भए भेडा–बाख्राका घाँटीबाट सास फेर्ने रैथाने मगर, नौथर, दलित कसरी सास फेर्लान् रु

यति अग्लो उचाइमा समथर भूभाग र यति जैविक विविधता सम्पन्न ठाउँ दुनियाँमै दुर्लभ छ । नेपालका चरन त नष्ट भइसके । मध्य–पहाडी क्षेत्रमा त झन् इतिहास । सर्वसाधारणका सांस्कृतिक सम्बन्ध र जीविका आधारसँग नङ–मासु भएको ‘जीवित ढोर चरन संस्कृति’ त ‘सरकारी समृद्धि चुलेसी’मा चाँडै ‘चट्’ हुने चटारोमा थियो ।
०००
बर्खा सकिएपछि ढोरलाई तुसारो तन्नाले ढाक्न थाल्थ्यो । गाउँ बैठक बस्थ्यो । औल झर्ने छलफल चल्थ्यो । टुंगो लाग्थ्यो, असोज दोस्रोदेखि अन्तिम साताको कुनै एक दिन । त्यसपछि एकै दिन एक साथ ढोर घरका ढोकाले ‘बुलाकी’ लाउँथे । लगत्तै जैसीले हेरेको साइतमा औल झर्थे । बस्तीसँगै ढोर पुलिसचौकी पनि औल झथ्र्यो ।
ढोरका बाटाघाटासमेत सुनसान र निस्याला हुन्थे । घर हेर्ने जिम्मा पाएका चौकी ९पुरुष चौकीदार० वा चौकिनी ९महिला चौकीदार०ले घरीघरी औल झरेका घर ढोकाका बुलाकी हेर्थे । हाक्कहुक्क गर्थे । बुलाकी हेर्दै घरको ‘रोखाला’ गर्थे । गोठालाजसरी ती त घर रखबारी गर्ने रोखाला थिए ।

२२ वर्ष लामो चौकिनी अनुभव सँगालेकी कलिमा विकले युट्युबे ‘हेर्ने कथा’मा भन्दै थिइन्, ‘हावाले छानोको ढुंगा खसालेको वा काठ झारेको हेर्ने हो । आलु, दार९काठ०का रेखदेख गर्ने हो । रोखाला गरेबापत आलु दिन्छन् । कसैले चामल दिन्छन् त कसैले घिउ ।’ स्थानीय धनबहादुर अदैका अनुसार तिब्बती शरणार्थीजसरी ढोरमा बाह्रै महिना बस्नेका संख्या बढेको छ ।

युट्युबे ‘हेर्ने कथा’मै ढोर व्यापारी कमल भण्डारी भन्दै थिए, ‘पहिले त ढोरमा हिउँ धेरै पथ्र्यो । चिसोबाट बचाउन र घाँसपातका लागि वस्तुभाउ लिएर औल झर्नै पथ्र्यो । अहिले भने हिउँ र वस्तुभाउ पाल्ने काम पातलियो ।’ भेडासँग जिन्दगी गुजारेका थबाङ र लुकुमका भेडीग्वाला भन्दै थिए– सामुदायिक वन, ‘जनयुद्ध’, फेरिएको समाज अनुहार र जीवनशैलीसँगै भेडापालन र बुकी संस्कृति संकट थपियो ।
०००
चीनले तिब्बत खायोे । दलाई लामासँगसँगै भागेका तिब्बती शरणार्थी ढोर पुगे । धनबबहादुर अदै भन्दै थिए, ‘मुक्खे हीरा भट्टचनले एयरपोर्ट बनाउने जग्गा दिए ।दुई मुक्खे पृथीप्रसाद अदै र जेमबहादुर अदैले तेह्र र चार घर नाम दिइएका तिब्बती शरणार्थी क्याम्प बनाउने जग्गा दिए । मुक्खे टेकबहादुर भण्डारीले गुम्बा उभिएको एकखुटीको जग्गा दिए । र, कुनै वेला शरणार्थी संख्या १२० घरधुरी पुग्यो ।’

०३९ मा ढोरमा सिकार आरक्ष बस्यो । आरक्षले ओगट्यो– ढोर देउराली, राटामाटा धुरी हुँदै गुर्जाखानी, लुकुमको लेक, तकसेराको लेक, हुकामको जंगल, मैकोट सीमाबीचको भाग । ढोरको नभीटोल, स्यालपाखे, बिजुरी खोला, उत्तरगंगामा दलित छन् । जुन विस्थापित हुने कोर ढोरको साठी प्रतिशत जनसंख्या हो । मराङे, पाखाथर र भण्डारी टोलमा नौथर बस्ती छ । अल्पसंख्यक नौथरमा अदै, माटे, कुमाई, कठेट, काइट, खडका, थापा, भण्डारी, छोटा भण्डारी छन् । ठूलो संख्यामा आदिवासी मगर छन् भने सानो संख्यामा खस–आर्य ।

यसबाहेक एयरपोर्ट, गाडीखोला, सलथान, गहुँखेत, छ्यान्तुङ, तल्लोचौर, खुङखोला, लामाथान, भुजी, डिजा, काङ, मस, माझचौर ढोर बस्ती हुन् । उल्लेखित ढोर बस्ती ढोरपाटन नगरपालिकाको ९ नम्बर वडाका हुन् । जडीबुटी र कन्दमूल खाँदै ढोर रैथानेले बस्ती बसाएथे । धनबहादुर भन्दै थिए, ‘अहिले पनि हामीले चाल्ने, बागे, जिब्रेजस्ता सात–आठ थरी जंगली साग खान्छौँ ।’ सुन्दर हिमाली उपत्यका ढोरवासीले छार्का भोटबाट नुन लिन्थे । धनबहादुरले बटौली९बुटवल०बाट १८ दिन लगाएर नुन लिए ।

ढोर किसानका मुख्य उत्पादन आलु हो । त्यसपछि फापर र सिमी । जान्नेभान्नेले भन्छन्– यति उचाइमा फल्ने आलु स्वाद र गुणले त विश्व बजार खान्छ । उत्पादन बढाएर बजारीकरण गर्न सके ढोर किसानलाई मालामाल हुनबाट रोक्ने को माइकालाल होला रु चार वर्ष भयो ढोरमा गाडी पुगेको । धनबहादुर सोध्दै थिए, ‘जडीबुटी र कण्डमुल खाएर बस्दा पनि जिजुबाजेले ढोर छाडेनन् । भोटबाट नुन खाने वेलादेखि बसेका रैथाने गाडी पुगेपछि उठीवास रु’
०००
ढोर बिजुली विकासको कुरा पहिलोपालि उठेको थियो, ०३७ मा । ३४ वर्षपछि नेपाल विद्युत् प्राधिकरणले बिजुली निकाल्ने भयो । कसरी रु‘ढोरपाटन बचाऊ अभियान’को ज्ञापनपत्र, उत्तरगंगा विद्युत् परियोजनाको अध्ययन र ढोरका रैथाने भन्छन्– पश्चिम बगिरहेको उत्तरगंगालाई पूर्व फर्काएर बाँध बाँध्ने । २०० मिटर गहिरो जलाशय बनाउने ।

सुरुङमार्ग हुँदै जलाशयको जल निसी खोलामा खसालेर ८२८ मेगावाट बिजुली निकाल्ने । ९१३०० मेगावाट बिजुली निकाले ढोर उपत्यका नै डुब्छ ।० बाँध बाँध्ने ठाउँका साबिक बोबाङ र निसी गाविसका देउराली, तमान, बंगा दोभान डुब्छ । कोर ढोरका रैथाने ६२५ घरधुरी विस्थापित हुन्छन्, जसमा स्यालपाखे, नौथर, एयरपोर्ट, नभी, छ्यान्तुङ क्षेत्र डुब्छन् । एयरपोर्ट डुब्छ । तिब्बती शरणार्थी क्याम्पसमेत असर पर्छ ।

२५० हेक्टर खेतीयोग्य जमिन डुब्छ । चारवटा विद्यालय डुब्छन् । हिमाली उपत्यका ढोरको रमणीय वनजंगल, धुपी, लोठ सल्ला र सल्लाको जंगल तथा अन्य महŒवपूर्ण वनस्पति लगभग ५० प्रतिशत नाश हुन्छ । बिखमा, अतिस, जटामसी, सुगन्धवाल, समायो, पाँचऔँले, सुगन्धितजस्ता जडीबुटी सकिन्छ । पाहा भ्यागुताका १० प्रजाति र हिममाछा लोप हुन्छ ।

३०–४० ब्लकभन्दा बढी चरन क्षेत्र डुब्छ । करिब हजार हेक्टरभन्दा बढी चरन क्षेत्र नष्ट हुन्छ । बचेका चरन क्षेत्र पुग्ने मुख्य बाटो मासिन्छ । चरन प्रणाली नै ध्वस्त हुन्छ । ढोरका रैथाने जीवजन्तुका प्राकृतिक वासस्थान, बाटो र चरन मासिन्छ । चिसो याममा एउटा पाखामा त गर्मीयाममा अर्को पाखा गर्ने वन्यजन्तु ‘बसाइँसराइ’ प्रभावित हुन्छ ।

ढोरवराह मन्दिर, उत्तरगंगा मन्दिर, सिमबराह मन्दिर, चिसापानी सिद्धवराह मन्दिर, सत्यदेवी मन्दिर, सल्थानदेवी मन्दिर, दक्षिणादेवी मन्दिर, वराह मन्दिरसहित दुईवटै तिब्बती गुम्बा पनि डुब्छन् । स्थानीयले पुर्खाका नाउँमा बनाएका ‘चिनो बिसौना’ र तिनले मानीआएका सिद्धसहितका संस्कृति, पहिचान र थलो डुब्छन् । ढोरको जैविक विविधता नष्ट हुन्छ । नेपालकै रमणीय देउराली फागुने देउराली पनि नाश हुन्छ ।

छिमेकी पूर्वीरुकुमको तकसेरामा बन्न थालेको लघु जलविद्युत् बन्द हुन्छ । रुकुम, जाजरकोट, सल्यान, सुर्खेतलगायत कृषि र साना सिँचाइ, कृषि उत्पादन, जैविक प्रणाली प्रभावित हुन्छ । रुकुमको प्राकृतिक सौन्दर्य त प्रभावित हुन्छ नै । कोर ढोरबाट विस्थापित हुने साठी प्रतिशत दलित छन् । अल्पसंख्यक नौथर र मगर छन् । ढोर ‘चरन चट्’ भएपछि मगर सबैभन्दा प्रभावित हुन्छन् ।

बाग्लुङका बोबाङ, निसेल, बोङखानी, भुजी, निसी, भल्कोटका मगर बस्ती खलबलिनेछन् । रोल्पा थबाङका मगर बस्ती, रुकुम पूर्वको लुकुम र सेराका मगरसहित म्याग्दी लुलाङ, ताकम, मुनाका मगर बस्ती–बस्ती बिथोलिनेछन् ।

थबाङ, तकसेरा, निसी र भुजीका मगर खामभाषी हुन् । ढोर त मगर मृत्युमा गाइने शोकगीतमा पनि सामेल छ । गीतमा पुग्ने ‘सम्झेपानी’ र ‘बिर्सेपानी’ ढोरपाटनकै हुन् । शोकगीतले भन्छ– सम्झेपानी जानू । सम्झेपानी पिउनू । सबलाई सम्झनू । बिर्सेपानी जानू । बिर्सेपानी पिउनू । सबलाई बिर्सनू ।

सत्तामा बस्नेलाई त यस्तो नि लाग्दो हो– बिजुली विकास हो । समृद्धि मूल हो । बिजुली बल्दा वन, वन्यजन्तु र चरन ननासिए के नासिन्छ रु थप्लान्– चरन चट् भए अरब उड्छन् । सरकारी समृद्धि ‘बिजुली, बाटो र बिल्डिङ’मात्र हुन् रु यस्तो समृद्धिले आदिवासी, गरिब, दलित, प्रकृति, संस्कृति, जैविक विविधता नासिए नि ‘सातखुन माफ’ हुन्छ रु

ढोर चरन चौपट भए भेडाबाख्राका घाँटीबाट सास फेर्ने रैथाने मगर, नौथर, दलित कसरी सास फेर्लान् रु चरन, चरा, वन्यजन्तु, वन, जल, थल र वनस्पतिसँग आदिवासी जीवनशैली जोडिएको छ भने जनसंगीत, जनगीत, जनबोलीसित जेलिएको ।
०००
नेपालले अनुमोदन गरेको आइएलओ १६९ भन्छ– जल, जमिन, जंगलसँग पुस्तौँदेखि नाता जोडिएका आदिवासी जीवनशैली असहज हुने गरी कुनै पनि विकास परियोजना चलाउन पाइन्न । चलाउन रैथानेको मन्जुरी चाहिन्छ ।

ढोर रैथानेले २०७१ साउन १५ गते नेपाल विद्युत् प्राधिकरणलाई ‘बिजुली परियोजना नचलाउन’ ८३ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाए । ०७५ चैतमा नेपाल विद्युत् प्राधिकरणको डिपिआरले फेरि झस्काएपछि ६४३ हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाए, स्थानीय ऊर्जा र गृह मन्त्रालयमा । तिनले ज्ञापनपत्रमा उल्लेख गरे– प्राकृतिक रूपमा पानीकै बहावअनुसार बिजुली निकालेर ढोर उपत्यका, जैविक विविधता, चरन संस्कृतिसँगै हाम्रो आदिथलो बचाई पाम् ।
०००
हिमाली सुन्दर भ्याली ढोरलाई त सरकारी जिउज्यानले संरक्षण, प्रवद्र्धन गर्नुपर्ने । पर्यटन वर्ष, ०२० का लागि विश्वव्यापीकरण गर्नपर्ने । जान्नेले यसो भन्नुको कारण सुनाए– ढोर त डोल्पाको सेफोक्सुन्डो ताल, उपल्लो डोल्पा, आदिवासी–जनजाति संस्कृति, उच्च हिमाली पर्यटनको सम्भावना केन्द्र हो ।

०००
थातथलो जोगाऊ अभियानमा अभियन्ता अगुवा धनबहादुर अदै काठमाडौंमा निर्वासित छन् । गत भदौ ५ गते राति आफ्नै घरमा गरिएका सांघातिक हमलाबाट मुस्किलले बचेर हेलिकोप्टरबाट पोखरा ओर्ली काठमाडौं निर्वासिएका वयोवृद्ध अदै खोच्याउँदै कहिले ज्यान जोगाई पाऊँ भनी गृह मन्त्रालय धाउँछन्, त कहिले थातथलो जोगाई पाऊँ भनी ऊर्जा मन्त्रालय ।

पीडित ‘गला’ न तिनका वडाध्यक्षले गाँसेका छन्, न नगरप्रमुखले, न प्रदेश सांसदले, न संघीय सांसदले । कम्तीमा ‘सहभागितामूलक लोकतन्त्र’ हुँदो हो त हस्ताक्षरधारी९६४३ घरधुरी० वा विस्थापित सूचीका९६२५ घरधुरी० कोही न कोही बोल्थे होला । ‘सरकारी समृद्धि’ हलक्क बढ्दासम्म थप कति ‘ढोरचरन’हरू ‘चट्’ होलान् हँ ? -नयाँ पत्रिकाको झन् नयाँबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *