सदस्यलाई सहकारी बुझाऔं : सञ्चालक जिसी

अमृत बास्कुने, म्याग्दी
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थाका शेयर सदस्यले सहकारी बुझे मात्र संस्थागत हित सम्भव रहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बेनी बजारमा आयोजना गरेको कर्जा लगानी तथा असुली व्यवस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले शेयर सदस्यको विचमा सहकारी शिक्षा नपुगेको कारणले नै सहकारी संस्थाहरुमा बाह्य तत्वको प्रभाव बढ्न थालेको बताउनुभयो ।

‘सहकारी संस्थाको हित सदस्यबाहेकबाट सम्भव छैन्,’ जिसीले भन्नुभयो ‘पछिल्लो समय देखिएका समस्याबाट बच्न जतिसक्दो छिटो सदस्यलाई भेटौ, उनिहरुको कुरा सुनौ र आफ्नो संस्थाको वास्तविक अवस्थाबारे अवगत गराऔं ।’

सहकारीको बारेमा नियोजित भ्रम फैलाएर सदस्यलाई आतंकित बनाउनको कार्य बढ्न थालेको भन्दै जिसीले सहकारीकर्मी सचेत हुनुपर्ने बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की(दिपक विखर्ची) र बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी, कृष्ण गंगा सहकारी संस्थाका सचिव भोजराज आचार्य र दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक समिक्षा ढुंगानाले बोल्नुभएको थियो ।

दुई दिन सम्म सञ्चालन भएको कर्जा लगानी तथा असुली व्यवस्थापन तालिमको समापन समारोह राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षता बागलुङ शाखा प्रवन्धक युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो । राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत राजकुमार बरालले दुई दिने तालिममा सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *